वर्तमानमा गोर्खा जातिमा छैटौँअनुसुची उम्केको माछा ठूलो भने झैं भएको छः गोरामुमो

Share this news

सोनादा, (निसं): वर्तमानमा हाम्रो पहाड़ अनि गोर्खा जातिमा उम्केको माझ ठूलो भन्ने उक्ति झैं भएको छ छैटौँ अनुसूची। यो भनाई वर्तमान समयमा व्यावहारिक अनि चरितार्थ भएको छ। 2007 मा जसरी छैटैाँं अनुसुचीको विरोध गरेर सुवास घिसिङभन्दा जान्ने बाठ्ठे भएर पहाडका कतिपय व्यक्तिहरुले गोर्खाल्याण्ड नै ल्याउँछु भनेर धाक दिँदै आन्दोलन गरेर छैटौँ अनुसूचीको विरोधको फलस्वरूप जीटीए जस्तो थोत्रो अंसवैधानिक व्यवस्था भित्र्याए। जब पहाड़मा जीटीए भित्र्याएपछि तबदेखि हाम्रो पहाड़मा बाहिरी अतिक्रमण धेरैभन्दा धेरै बढ़ेर गयो भनी गोरामुमो खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन गुरुङले बताएका छन्‌‍। उनले भने, हाम्रो जातिलाई तोड्ने फुटाउने षड़यन्त्रहरु बढ़ेर गयो। यो लगातार चलिरहेको छ। यो सबै हुनुमा छैटौँ अनुसूचीको विरोधको फल हो। भारत सरकारले गोर्खाहरुको राजनैतिक समस्याको समाधानको निम्ति सरकारी वार्ताकार मध्यस्थताकर्ता नियुक्त गरेका छन्‌‍। उनले बंगाल सरकार अनि पहाडमा रहेका सम्पूर्ण राजनैतिक सरोकार वालाहरुसंग वार्ता गर्नेछ। केन्द्र सरकारसंग वार्ता गर्ने एउटा माहोल तयार गर्नेछ। यसमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको स्पष्ट अड़ान छ। गोर्खा जातिको माटोको सुरक्षाको निम्ति छैटैाँं अनुसुचीभन्दा तलको व्यवस्था कदापि स्वीकार हुने छैन। 2007 मा छैटौँ अनुसूचीको विरोधको कारण छैटौँ अनुसूचीको बिललाई भारतको सांसदमा राखिएका छन्‌‍। यसैकारण गोरामुमो 2005 देखि छैटौँ अनुसूची सम्झौता दिवस पालन गर्दै आएका छन्‌‍। यसपटक पनि गोरामुमोले दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा भव्यताका साथ पालन गरिरहेका छन्‌‍। गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा गोर्खा जनपुस्तकालय खरसाङ बजारमा पालन गरिने भएको छ। उक्त दिन सुवास घिसिङले छैटौँ अनुसूची किन सम्झौता गरे यस विषयलाई जान्न अनि बुझ्नको निम्ति सबैजना आएर सहभागी भइदिने भुपेन गुरुङले अपिल गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ