रोगी सहायता केन्द्र कक्षको सिलिङको भाग झर्दा क्षति

Share this news

खरसाङ, 2 जुलाई (मोहन प्रसाद)ः एउटा घटना अन्तर्गत खरसाङ महकुमा अस्पतालको सोध-पुछ कक्ष अथवा रोगी सहायता केन्द्र कक्षको सिलिङको एउटा वृहत भाग झरेर कक्षलाई क्षति पुर्‍याएको छ। यस घटनामा उक्त कक्षमा कार्यरत कर्मचारीहरू भने सबै सुरक्षित रहेका छन्। घटना बुधवार बिहान लगभग 10 बजे भएको जानकारी पाइएको छ। घटनाको अवधि कर्मचारीहरू उक्त कक्षमा नै उपस्थित थिए तर ती कर्मचारीहरूलाई भाग्यले कुनै चोट लागेन। घटनाको बारेमा जानकारी पाउन साथै जीटीए प्रमुख कार्यपालका प्रतिनिधि दिवस छेत्रीले तत्परता देखाउँदै तत्काल उक्त विषयमा अघिल्लो कारवाही शुरू गरे। त्यति मात्र होइन, दिवस छेत्री अनि खरसाङ महकुमा अस्पतालकी एसडीएमओ डा. रूमी मण्डलले सम्बन्धित अधिकारीहरूको साथमा घटनास्थलको निरीक्षण गरे साथै उक्त समस्यालाई कसरी समाधान गर्न पर्ने भन्ने विषयमा चर्चा-परिचर्चा गरे। खरसाङ अस्पतालका एसडीएमओ डा. रूमी मण्डलले जनाए अनुसार, उक्त कक्ष धेरै पुरानो भएकोले कक्षको सिलिङको केही भाग भत्किएर झरेको हो। त्यस समय अस्पतालका कर्मचारीहरू त्यही कक्षमा काम गरिरहेका थिए, जब उक्त सिमेण्टेड सिलिङको भाग भत्किएर झर्‍यो, सबै कर्मचारी आत्तिए तर कसैलाई चोट लागेन। तिनले यो पनि जनाए कि उक्त घटना बारे सम्बन्धित उच्च अधिकारीहरूलाई सूचित गराएएकी छन्। खरसाङ इञ्जिनियरिङ विभागका प्रतिनिधिहरू आएर अघिल्लो कार्वाही शुरू पनि गरेका छन्। तिनले यो जनाइन् कि वर्तमान उक्त कक्षमा रहेको विभागको डेस्कलाई अस्पतालको अन्य कक्षहरूमामा अस्थायी रुपमा सारिएको छ। जीटीए प्रमुखका प्रतिनिधि दिवस छेत्रीको निर्देशमा खरसाङ इञ्जिनियरिङ विभागका प्रतिनिधिहरूले घटनास्थलको निरीक्षण गरेपछि मरम्मत कार्य शुरू गरिएको छ। छेत्रीले थप जनाए अनुसार, जीटीएका स्वास्थ्य विभागका कार्यकारिणी सभासद अरुण सिङची साथै अन्य सम्बन्धितहरूलाई यस घटनाको बारेमा जानकारी गराइएको छ। त्यति मात्र होइन, खरसाङ इञ्जिनियरिङ विभागका प्रतिनिधिहरूलाई लिएर प्रभावित कक्ष साथै आपतकालका अन्य आवश्यक स्थानहरूमा पनि मरम्मत कार्य शुरू गरिएको छ। ज्ञात रहोस् उक्त घटना कुनै नौलो घटना होइन्। विगतमा पनि अस्पतालको भवनको केही अस्पतालका विभिन्न कक्षहरूमा सिलिङको प्लास्टर झरेको जानकारी रहेको छ। यद्यपि, अहिलेसम्म कसैको ज्यान नगए पनि विगतमा अस्पतालको ओपीडी टिकट काउण्टरमा एक महिला कर्मचारीलाई यस्तै कक्षको सिलिङ झरेर गम्भीर चोट लागेको थियो ।


Share this news
आजको रोजाइ
बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित