मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न

Share this news

सोनादा, (निसं): भएको छ। पाँच दशकको लामो शैक्षिक यात्रालाई स्मरण गर्दै विद्यालय परिवार, पूर्व विद्यार्थी, अभिभावक, स्थानीय समाजका अग्रजहरू तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।मुण्डाकोठी उच्च विद्यालयले आफ्नो गौरवशाली 50 औँ स्थापना दिवस उत्साह, उमङ्ग र ऐतिहासिक महत्त्वका साथ मनाएको छ। उक्त स्वर्ण जयन्ती समारोहमा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा सभासद नुरी शेर्पा, पूर्व सभासदहरु महेन्द्र प्रधान र रबिन्द्र लामा, एआई, एसआई, पूर्व शिक्षक शिक्षिकाहरु, पञ्चायत प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्भाषण शान्ति राईले राखेकी थिइन्‌‍ भने मुण्डाकोठी विद्यालयको पृष्ठभूमि र इतिहास विषयमा प्रधान अध्यापिका सुधा राईले विस्तृत जानकारी गराएकी थिइन्‌‍। कार्यक्रममा बीके देवान, एनएल राई लगायत पूर्व शिक्षकहरु र पूर्व विद्यार्थीहरुलाई सम्वर्ध्दना जनाइएको थियो। यसको साथै प्रमुख, विशिष्ट अतिथिहरु, विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुलाई स्मृति चिनो प्रदान गरेर सम्मान जनाइएको छ। सबैलाई प्रधान अध्यापिका, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट सम्मान जनाइएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले वक्तव्य राखेका थिए। उल्लेखनीय छ, मुण्डाकोठी उच्च माध्यमिक विद्यालयको स्थापना सन्‌‍ 1975 मा भएको थियो भने यस विद्यालयले आफ्नो गौरवशाली 50 वर्षको यात्रा पूरा गरेको छ। यस स्वर्ण जयन्ती कार्यक्रमले विद्यालयले विगत 50 वर्षमा हाँसिल गरेको शैक्षिक उपलब्धि, सामाजिक योगदान र स्थानीय समुदायलाई दिएको पहिचानलाई विशेष रूपमा उजागर गऱ्यो। विद्यार्थीहरूका सांस्कृतिक प्रस्तुति, सम्मान समारोह, वक्तव्य तथा विद्यालय विकास सम्बन्धी योजनाहरूले कार्यक्रमलाई अझै अर्थपूर्ण बनाएको थियो। मुण्डाकोठी उच्च विद्यालय यस क्षेत्रको मात्र होइन, सम्पूर्ण समुदायको गौरव बनेको छ। यहाँबाट शिक्षित हजारौँ विद्यार्थी आज विभिन्न क्षेत्रहरूमा चम्किएर समाज र राष्ट्रको सेवामा जुटिरहेका छन्‌‍। 50 वर्षको समर्पण, अनुशासन र निरन्तर प्रगतिले यो विद्यालयलाई क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक बनाएको छ। यस स्वर्ण जयन्ती समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मुण्डाकोठी उच्च विद्यालयको प्रधान अध्यापिका सुधा राईले विद्यालयको गौरवमय स्वर्ण जयन्ती समारोहमा उपस्थित र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्‌‍।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ