80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

Share this news

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर 3 अप्पर डुमाराम बस्ती निवासी मोहनसिंह राईले लगभग 25 वर्ष भयो मतदान गर्न पाएका छैनन्‌‍। मोहनसिंह राई एक शहीदका पिता पनि हुन्‌‍। तिनले आफू 2006 मा नागाल्याण्डबाट फर्किएर खरसाङ आएपछि मतदान नगरेको बताएका छन्‌‍। तिनले अहिलेसम्म मतदान गर्न नपाउनुको कारण तिनको मतदाता परिचय पत्र नभएकोले हो भनी बताएका छन्‌‍। दार्जीलिङ्को तुङसुङ बस्तीमा सन्‌‍ 1945 मा जन्मिएका मोहनसिंह राईको अझ पनि आफ्नो पैतृक घर तुङसुङ बस्तीमा रहेको र त्यहाँ आफ्नो भई बसिरहेको दावी राई गर्छन्‌‍। मोहनसिंह राईले आफ्नो मतदाता परिचय पत्र अहिलेसम्म नभएको बारेमा बताउदै भने, मेरो जन्म दार्जीलिको तुङसुङ बस्तीमा सन्‌‍ 1945 मा भएको हो। अहिले पनि मेरो पैतृक घर छ, त्यहाँ मेरो भाई बसिरहेका छन्‌‍। म काम गर्नको निम्ति नागाल्याण्ड गएको थिएँ, 27 वर्ष त्यहाँ प्रिन्टिङ प्रेसमा काम गरेर बसेँ। 2006 मा म खरसाङ फर्किएर आएपछि मतदाता सूचीमा नाम अन्तर्भुक्त गर्नलाई प्रयास गरेँ। त्यस समय महकुमा शासक कार्यालयमा नागाल्याण्डको चिठ्ठी लिएर आउन भनियो। म फेरि नागाल्याण्ड जान सकिन, त्यस समय इनरल्याण्ड परमीटको कुरो थियो, म जान पर्ने स्थानमा तनाउको स्थिति थियो। त्यसपछि पनि मैले मतदाता सूचीमा नाम अन्तर्भूक्त गर्ने प्रयास गरेँ, तर सकिन। तिनले आफू नागाल्याण्ड जान अघि अनि नागाल्याण्डमा बस्दा भोट हालेको र अहिले पनि आफूसित नागाल्याण्डको भोटर कार्ड रहेको बताउदै भने, मसित मेरो आधार कार्ड छ, राशन कार्ड पनि बनाएको छु तर अहिलेसम्म भोटर कार्ड बनाउन सकेको छुइन। भोटर कार्ड बनिएको भए वृद्ध भत्ता पाउने थिएँ होला, यो उमेरमा महिनाको हजार रुपियाँ पाए भने धेरै सहयोग हुन थियो। मोहनसिंह राई वर्तमानमा आफ्नो छोरीतर्फको नातिनीहरूसित अप्पर डुमाराममा बसिरहेका छन्‌‍। यस समय तिनी ईसाई धर्म प्रचार गर्दै विभिन्न स्थानमा घुम्मे गरेका छन्‌‍। यसरी घुम्ने गरेकोमा आफ्नो मण्डलीले केही सहयोग प्रदान गर्ने गरेको पनि राईले बताएका छन्‌‍। तिनले भने, अहिले राशनमा सित्थैमा चामल र आँटा पाइन्छ, धर्म प्रचार गर्दै विभिन्न स्थानमा जाने गरेको छु। यसरी घुमेर धर्म प्रचार गर्दा मण्डलीले पनि केही सहयोग प्रदान गर्ने गरेको छ। स्मरण गराइन्छ मोहनसिंहका छोरा सुमन राई 1986 को गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका हुन्‌‍। शहीदको परिवारको नातामा मोहनसिंह राईले प्रत्येक शहीद दिवसको कार्यक्रममा बोलाइन्छ, उपहार दिइन्छ तर शहीदका यी पिताले अहिलेसम्म देशको लोकतान्त्रिक प्रक्रियामा सामेल हुन पाएका छैनन्‌‍। वर्तमानमा एसआईआर प्रक्रिया चलिरहेको छ, यस बारेमा मोहनसिंह राई भन्छन्‌‍, अहिले मतदाता सूचीको निम्ति कर्य भइरहेको मलाई ज्ञात छ तर मेरो मतदाता परिचय पत्रनै छैन, यसैले मैले यसमा कुनै चासो देखाइन।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ