खरसाङमा भागोप्रमोद्वारा शहीद दिवस समारोह साथै रक्तदान शिविरको आयोजना गर्ने गरिने

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तत्वावधानमा यसपाली पनि खरसाङ्मा शहीद दिवस समारोह सम्पन्न हुने भएको छ। शहीद दिवस गत वर्ष झैं यसपाली पनि युवा शक्ति खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको आयोजनामा सम्पन्न हुने भएको छ। यस विषयमा आज खरसाङ्मा पत्रकारहरुलाई सम्बोधन गर्दै युवा शक्ति खरसाङ महकुमा समितिको सभापति एवं शहीद दिवस समारोह समितिका संयोजक प्रेमेन्द्र गुरूङ अनि युवा शक्ति खरसाङ टाउन कमिटीका सभापति बन्धन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। दुवैले जानकारी गराए अनुसार यसपाली पनि खरसाङ्को इगल क्य्रागमा रहेको शहीद वेदीमा बिहान श्रध्दाञ्जली कार्यक्रम हुने र त्यसपछि खरसाङ्को नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ। यसको साथै खरसाङ्मा युवा शक्तिको तर्फबाट गत वर्ष झैं यसपाली पनि शहीद दिवसको दिन नै रक्तदान शिविरको आयोजना गरिने छ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ