खरसाङकी भाषा शिक्षिका मिना लामा राई समर्पित शिक्षक सम्मानद्वारा सम्म्मानित 

Share this news

खरसाङ, (हनोक): गोर्खा जन पुस्तकालय, खरसाङको‌ आयोजनामा खरसाङमा‌ सम्पन्न 34 औँ नेपाली भाषा मान्यता दिवस साथै विभिन्न शैक्षिक योग्यता पुरस्कार अलङ्करण समारोहमा सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी नेपाली भाषाकी शिक्षिका मिना लामा राई समर्पित शिक्षक सम्मानद्वारा सम्म्मानित गरिएको छ।‌ पाठशालाहरूमा विद्यार्थीहरूमा नेपाली भाषा अर्थात् मातृभाषाप्रति मोह वा जागरूकता ल्याउन भाषा शिक्षकहरूका भूमिका र योगदान अहम्  मानिन्छ।यस क्रममा विशेष नेपाली भाषा शिक्षकहरूका योगदानलाई मूल्याङ्कन गर्दै गोजपुले गत वर्षदेखि ‘समर्पित शिक्षक सम्मान’ -द्वारा खरसाङ क्षेत्रका कुनै पनि विद्यालयका भाषा शिक्षकलाई सम्मानित गर्ने परम्परा स्थापित गरेको छ। यस सन्दर्भभा गत वर्ष सन्त अल्फन्सस् स्कूलका नेपाली भाषाका‌ शिक्षक राजेन खवासलाई पुस्तकालयले सम्मान गरिसकेको छ भने यस वर्ष सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी भाषा शिक्षिका मिना लामा राईको नाम चयन गरेर उनलाई ‘समर्पित शिक्षक सम्मान’ -द्वारा अलङ्कृत गरिएको छ। यस अवसरमा उनलाई गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट सभाध्यक्ष रबीनकुमार प्रधान अनि प्रमुख अतिथि डा योगेस खातीको बाहुलीबाट खदार्पणसहित शल ओढाएर साथै सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मानित गरिएको छ। कविको रूपमा परिचय स्थापित गर्न सफल मीना राईको शिक्षकजीवन समर्पण, वैशिष्टता र योगदानको आधारमा अतुलनीय छ। शिक्षण पेशामा एक समर्पित शिक्षिकाको रूपमा धेरै लामो समयदेखि पुऱ्याएको उल्लेखनीय सेवाको कारण उनलाई यस वर्ष उक्त सम्मानद्वारा सम्मानित गरिने निधो गरिएको हो। यस वास्तवमा हरेक विधाका शिक्षकहरूका समर्पण, वैशिष्टता र योगदानको मूल्याङ्कन हुनपर्ने हो अनि यस विषयमा क्षेत्रीय प्रशासन अघि आउनुपर्ने कुरो गोजपुले ठान्दछ भनी गोजपुको मूल सचिव विनोद रसाइलीले बताएका छन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ