MP Bisht at BJP's Kalimpong Assembly organization meeting

भाजपाको कालेबुङ विधान सभा संगठन बैठकमा सांसद बिष्ट

Share this news

भारतीय जनता पार्टीको कालेबुङ विधान सभा संगठनको बैठकमा दार्जीलिङका सांसद अनि भाजपाका राष्ट्रिय प्रवक्त्ता, राजु बिष्ट उपस्थित थिए। उक्त बैठकमा विधान सभा कार्यालय सम्बन्धी पदाधिकारी, मण्डल अध्यक्षहरू, शक्तिकेन्द्र प्रमुखहरू र निर्वाचित पञ्चायत सदस्यहरू उपस्थित थिए। यसक्रममा भाजपा कार्यकर्ताहरूको समर्पण र मेहनतको प्रशंसा गर्दै बिष्टले भाजपाको जनतासँगको अथक सेवामार्फत ‘सेवा परम धर्म’ को उदाहरण प्रस्तुत गरेका छन्, विशेषगरी पहिरो र बाढीका समयमा टाढाका गाउँहरूमा राहत सामग्री पुर्याउनमा उनीहरूले दिलोज्यान दिएकामा कार्यकर्ताहरूको प्रशन्सा गरे।
सांसद बिष्टले संगठनात्मक समस्याहरू, हाम्रा चलिरहेका आउटरीच कार्यक्रमहरू, र जनतासँग कसरी राम्रोसँग जोडिने भन्ने विषयमा छलफल गरेको बताए। उनले वर्तमान क्षेत्रमा चलिरहेको SIR प्रक्रियाबारे पनि छलफल गरेको बताउँगै प्रत्येक मण्डल र ग्राम पञ्चायत स्तरमा स्थापित भाजपा हेल्प डेस्कहरूको बारेमा पनि, जसले नागरिकहरूलाई SIR प्रक्रियामा सहयोग पुर्‍याउँछ, उक्त विषयमा पनि छलफल भएको बताए। आउँदै गरेको पश्चिम बंगाल विधानसभा निर्वाचनको तयारीबारे पनि छलफल गरेको बताउँदै
सम्पूर्ण दार्जीलिङ पहाड, तराई र डुवर्स क्षेत्र फेरि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रगतिशील, समावेशी, न्यायपूर्ण र विकास केन्द्रित नेतृत्वको लागि मतदान गर्न तयार रहेको जानकारी गराए। यसरी नै विभेदकारी, तानाशाही, अन्यायपूर्ण र शोषणमूलक तृणमूल पार्टी र मुख्यमन्त्री ममता बेनर्जीको विरुद्धमा रहेको बताए। सांसद बिष्टले प्रधानमन्त्री मोदी नेतृत्वको केन्द्र सरकारले हाम्रो क्षेत्रका जनताका लागि न्याय सुनिश्चित गर्ने कुरामा आफु विश्वस्त रहेको बताए। यो छलफलमा सञ्जीव लामा, अध्यक्ष भाजपा दार्जीलिङ जिल्लाको साङ्गठनिक समिति, डा. कल्याण देवान, पूर्व जिल्ला अध्यक्ष अनि राज्य कार्यसमिति सदस्य, र अन्य नेताहरू सहभागी भएको सांसद राजु बिष्टले जनाएका छन्।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ