MP Bisht at BJP's Kalimpong Assembly organization meeting

भाजपाको कालेबुङ विधान सभा संगठन बैठकमा सांसद बिष्ट

Share this news

भारतीय जनता पार्टीको कालेबुङ विधान सभा संगठनको बैठकमा दार्जीलिङका सांसद अनि भाजपाका राष्ट्रिय प्रवक्त्ता, राजु बिष्ट उपस्थित थिए। उक्त बैठकमा विधान सभा कार्यालय सम्बन्धी पदाधिकारी, मण्डल अध्यक्षहरू, शक्तिकेन्द्र प्रमुखहरू र निर्वाचित पञ्चायत सदस्यहरू उपस्थित थिए। यसक्रममा भाजपा कार्यकर्ताहरूको समर्पण र मेहनतको प्रशंसा गर्दै बिष्टले भाजपाको जनतासँगको अथक सेवामार्फत ‘सेवा परम धर्म’ को उदाहरण प्रस्तुत गरेका छन्, विशेषगरी पहिरो र बाढीका समयमा टाढाका गाउँहरूमा राहत सामग्री पुर्याउनमा उनीहरूले दिलोज्यान दिएकामा कार्यकर्ताहरूको प्रशन्सा गरे।
सांसद बिष्टले संगठनात्मक समस्याहरू, हाम्रा चलिरहेका आउटरीच कार्यक्रमहरू, र जनतासँग कसरी राम्रोसँग जोडिने भन्ने विषयमा छलफल गरेको बताए। उनले वर्तमान क्षेत्रमा चलिरहेको SIR प्रक्रियाबारे पनि छलफल गरेको बताउँगै प्रत्येक मण्डल र ग्राम पञ्चायत स्तरमा स्थापित भाजपा हेल्प डेस्कहरूको बारेमा पनि, जसले नागरिकहरूलाई SIR प्रक्रियामा सहयोग पुर्‍याउँछ, उक्त विषयमा पनि छलफल भएको बताए। आउँदै गरेको पश्चिम बंगाल विधानसभा निर्वाचनको तयारीबारे पनि छलफल गरेको बताउँदै
सम्पूर्ण दार्जीलिङ पहाड, तराई र डुवर्स क्षेत्र फेरि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रगतिशील, समावेशी, न्यायपूर्ण र विकास केन्द्रित नेतृत्वको लागि मतदान गर्न तयार रहेको जानकारी गराए। यसरी नै विभेदकारी, तानाशाही, अन्यायपूर्ण र शोषणमूलक तृणमूल पार्टी र मुख्यमन्त्री ममता बेनर्जीको विरुद्धमा रहेको बताए। सांसद बिष्टले प्रधानमन्त्री मोदी नेतृत्वको केन्द्र सरकारले हाम्रो क्षेत्रका जनताका लागि न्याय सुनिश्चित गर्ने कुरामा आफु विश्वस्त रहेको बताए। यो छलफलमा सञ्जीव लामा, अध्यक्ष भाजपा दार्जीलिङ जिल्लाको साङ्गठनिक समिति, डा. कल्याण देवान, पूर्व जिल्ला अध्यक्ष अनि राज्य कार्यसमिति सदस्य, र अन्य नेताहरू सहभागी भएको सांसद राजु बिष्टले जनाएका छन्।


Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने