भागोप्रमो रोहिणी खण्ड समितिको सभा

Share this news

पंखाबारी, (निसं): भागोप्रमो रोहिणी खण्ड समितिको एक सभा सूर्य बहादुर तामाङ्को सभापतित्वमा सोमवार सम्पन्न गरियो। लोवर चिसोपानी सार्वजनिक भवनमा सम्पन्न सभामा पंखाबारी लङ्भ्यू अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान, खरसाङ पञ्चायत समिति सभापति एवं समष्टि पर्यवेक्षक अनु प्रधान, खरसाङ महकुमा सचिव प्रणाम रसाइली, केन्द्रीय समिति सदस्य सन्तोष लामा, पंखाबारी लङ्भ्यू अम्बटे समष्टि सचिव ललित प्रधान,घैयाबारी तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा, सदस्य उमेश थापा, घैयाबारी एक पञ्चायत सदस्य सपन थापा आदिको विशेष उपस्थिति रहेको थियो।पार्टीको सुदृढीकरण, रोहिणीको विकासमूलक कार्य तथा भावी रणनीति विषय लिएर राखिएको त्यस सभामा खण्ड समिति सचिव उत्तम मूखियाले सभाको राख्नुको औचित्यबारे बताउँदै रोहिणीमा गरिनुपर्ने अति आवश्यक विकासमूलक कार्यहरबारे ध्यान आकर्षण गराए। महकुमा सांगठनिक सचिव गजेन प्रधानले हामी रोहिणी पार्टीगत रूपमा एकजुट छौँ, हामी सत्ताधारी दलको पछि लाग्नुपर्छ भन्दै रोहिणीको आधारभूत समस्याबारे प्रकाश पारे। पञ्चायत प्रधान सुष्मा वाइबाले अहिले अध्यक्ष अनित थापाको पहलमा पञ्चायती व्यवस्था फर्किआएको छ औ विकासको कार्यमा द्रुतता आएको छ भनी बताए। खण्ड समिति सभापति दिपक तामाङले सभालाई सम्बोधन गर्दै हामी पार्टीका प्रतिनिधि हौँ, हामीमाथि पनि जनसाधारणले केही आशा राखेको हुन्छ औ प्रतिनिधिले पनि महत्व पाओस्‌‍ भन्दै हामी यहाँका संघ संस्थाहरूसित राम्रो तालमेल बनाइराखेका छौँ, हामी एकताबद्ध भएर अघि बड्नुपर्छ भनी जनाए। महकुमा सचिव प्रणाम रसाइलीले सभालाई सम्बोधन गर्दै हामी सत्ताधारी पार्टी हौँ, हाम्रो चयनित निकाय छ सही प्रकारले हामी अघि बड्नुपर्छ भन्दै रोहिणीलाई राम्रो बनाउनु सम्पूर्ण रोहिणवासी एकजुट हुनुपुर्छ भनी आह्वान गरे। पञ्चायत समिति सदस्य कुसुम तामाङले आफुले सकेसम्म कार्य गरिरहेकी अवगत गराउँदै रोहिणीमा सार्वजनिक विकासको निम्ति केही पाउनसकोस भनेर पहल गरिरहेको बताइन्‌‍। कार्यकारी सभासद कल्पना प्रधानले आफूले सही तालमेल राखी कार्य गरिरहेको बताउँदै हामी हाम्रो रोहिणी र समष्टिलाई राम्रो बनाउनु पर्छ भनी आग्रह गरिन्‌‍। तिनले रोहिणी पार्क्स एण्ड गार्डन, लाप्चेखेतीदेखि घैयाबारी जाने बाटो, झील जाने बाटो आदिबारे अध्यक्षसित कुरा गरिसकेको अवगत गराइन्‌‍। खरसाङ महकुमा समिति सभापति एवं समष्टि पर्यवेक्षक अनु प्रधानले पार्टी हाम्रो शिर हो, शाखा, ब्लक खाँबो हो भन्दै गाउँ घरमा सल्लाह गरेर स्कीम हाल्ने जनाइन्‌‍। तिनले जमीन उपलब्ध भए रोहिणीमा पनि पार्यटन विकासको अझ कार्य गर्न सकिने अवगत प्रधानले गराइन्‌‍। सभाकोङ्ग सञ्चालन विकास गुरूङले गरेका थिए भनी दिपेन तामाङले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ