भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा

Share this news

खरसाङ, (निसं): खरसाङ खण्ड अन्तर्गत भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा अरिङ्गले सार्वजनिक भवनमा समष्टि सभापति नुरी शेर्पाको सभापतित्वमा एक सभा बिहीवार सम्पन्न भयो। सभामा केन्द्रिय समिति अध्यक्ष अनित थापाको निर्देशनमा समष्टि समिति पूर्ण गठन गरियो। यस कमिटीमा सभापति नुरी शेर्पा, महासचिव दिपेश तामङ, उपसभापति रबिन राई, सञ्जीव सुब्बा अनि अनुज कान्ता प्रधान, सहसचिव बिपन भुजेल, सुषन छेत्री अनि प्रनित राई, कोषाध्यक्ष सहदेव राई, सहकोषाध्यक्ष किसान ठकुरी, प्रचार प्रसार सचिव बसन्त कुलुङ राई अनि बिराज थापा लगायत 42 जना कार्यकारिणी सदस्यहरूलाई लिएर समष्टि अभिभावक समिति पूर्ण गठन गरियो। सभालाई विशेष खरसाङ महकुमा समिति सभापति सुवास प्रधान, महासचिव प्रणाम रसाइली, समष्टि सहसचिव सुषन भूजेलले सम्बोधन गरेका थिए। सभामा खरसाङ महकुमा समिति उपसभापति शंखर रावत, संगठनिक सचिव, एलडी लाक्पा, कोषाध्यक्ष सञ्जय प्रधान, सदस्य फिरोज खान,समष्टि युवा शाक्ति महासचिव सहदेव तामाङ, जोनल सभापति एवं प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, महासचिव मुकुन्द बोम्जन , समिति कर्मअध्यक्ष बिरेन तामङ, प्रमिला तामाङ, समिति रिता राई, बबि तामङ संचिता लामा, उपप्रधान कनिशा तामाङ, प्रंशासा लेप्चा, पञ्चायत सदस्यहरूको उपस्थित रहेको थियो। नव निर्वाचित समष्टि समितिको तर्फबाट पार्टीका कर्मठ सदस्य निःस्वार्थ भावले स्थापना कालदेखि योगदान पुराउँदै आउने सदस्य दिलिप गजमेर, सहदेव राई अनि गोपाल तामाङलाई सम्वर्द्धनापत्रले सम्मान जनाइयो। सभामा स्वागत सम्भाषण समष्टि महासचिव दिपेश तामाङले राखे भने सभाको सञ्चालन रबिन राईले गरेका थिए भनी प्रचार प्रसार सचिव बसन्त कुलुङ राईले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ