बिगाको विरोधसितै बगान प्रबन्धकले मनमानी गरेको आरोप

Share this news

दार्जीलिङ,20 जुलाई (निसं): लङ्भ्यू चिया बगानको समस्या समाधान हुनुको साटो अझ समस्याले बिकराल रूप लँदै गइरहेको स्थिति देखापरेको छ। हिल प्लान्टेशन इम्प्लोइज यूनियन (एचपीईयू) साथै बगानका श्रमिकहरूले निरन्तर रूपमा हक र अधिकारको निम्ति आवाज उठाउँदै आइरहेको भए तापनि न्याय पाउने छाँट देखा नपरेपछि श्रमिकहरू स्वयं मैदानमा उत्रिसकेका छन्।
बगानका श्रमिकहरूको खर्च, तलब दिनुको साटो बगानका प्रबन्धक एपी सिहलवे बगानमा मनमानी गरी बाहिरबाट श्रमिकहरू ल्याएर बिगा लगाइरहेको दावी एचपीईयूको छ। श्रमिकहरूले बगानका प्रबन्धकसित कुराकानी गर्न चाहिरहेको भए तापनि बगानका प्रबन्धक नआएपछि आक्रोषित बनेका श्रमिकहरूले आज बगानको कार्यालय अघि धरना प्रदर्शन गरे। बगानबाट श्रमिकहरूले पाउनुपर्ने वेतन, खर्च, पीएफ अनि ग्रयाजुटीको पैसा कम्पनीले दिन सकिरहेको छैन भनी कसरी बाहिरबाट मान्छे ल्याएर काम लगाएर उनीहरूलाई पैसा दिइँदैछ ? भन्ने ठाड़ो प्रश्न बगानका श्रमिकवर्ग अनि एचपीईयूको हो। बगानको सन्दर्भमा कुराकानी गर्दै एचपीईयूको पक्षमा छेवाङ योञ्जनले भने, लङभ्यू चिया बगानका श्रमिकहरूलाई कम्पनीले नियमित रुपमा ज्याला र बेतन दिएको छैन। श्रमिकहरूले पाउनु पर्ने एरियर, पीएफ र ग्रेयाचटी रकम करौडौँ छ, तर मालिकले सो पैसा दिनेबारे कुनै प्रकारको चासो देखाएको छैन। चिया श्रमिकहरूले श्रम विभागमा समाधानको निम्ति आवेदन गरे तापनि आजसम्म कुनै प्रकारको समाधान भएको छैन। श्रम विभागमा वार्ता जारी छ, मालिक पक्षले श्रम आयोगको निर्णयलाई पालन गरेको छैन। गत ८ जुलाईको दिन श्रम विभागले बगानपक्षलाई १४ दिनभित्रमा बगानका श्रमिकहरूलाई खर्च, वेतन दिएको साथै पीएफ र ग्रयाजुटीबारे लिखित रूपमा पूर्ण विवरण दिनुपर्ने निर्देश दिएको भए तापनि कम्पनीले आजसम्म ती विवरण नबुझाएको छेवाङ योञ्जनले बताएका छन्। उनले भने, बगान प्रबन्धक एपी सिंहले बगानमा बाहिरबाट मान्छे ल्याएर बिगा लगाइरहेको छ, श्रमिकहरू प्रबन्धकको यो निर्णयको विरोधमा छन्। पानीघट्टा च्यागा बस्ती क्षेत्रका केदर प्रधान नामक व्यक्ति (ठेकेदार)-ले. बाहिरबाट लहभ्यू चिया कमानमा मान्छे ल्याएर काम लगाइरहेको ठोकुवा गर्दै योञ्जनले भने, यदि उक्त ठेकेदारले बगानका श्रमिकहरूको कुरा सुन्दैन र परस्थिति बुझ्दैन भने सबै जिम्मेवारी सोही व्यक्तिले लिनुपर्यो। कम्पनी अनि ठेकेदारबीच के कस्तो सम्झौता भएको छ, त्यो एचपीईयूलाई पनि देखाउनुपर्छ। बगानमा कार्यरत श्रमिकहरूको लागि पनि सम्झौतामा क्लजहरू हुनुपर्यो, उनले थपे। यता एचपीईयूको पक्षमा बोल्दै कविता पाखरिनले पनि हिजो बाहिरबाट 34 जना मान्छे ल्याएर बगानमा लगाएकोमा विरोध गरिन्। उनले भनिन्, बगानका प्रबन्धकले मनमानी गरिरहेको छ। बगानका प्रबन्धक नआएसम्म हामी डिभिजन म्यानेजरलाई जान दिनेछनौं। हाम्रो पैसा दिन नसक्नेले कसरी बाहिरबाट मान्छे ल्याएर बिगा लगाउँदैछ? हामी बगानका प्रबन्धकसित बात गर्न चाहन्छौं।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ