बालुवा खानीमा पुलिस चेकपोष्टको उद्घाटन

Share this news

कम्पोजः शुक्रमणि रसाइली
अलगढा, 30मई (निसं)ः लाभा पञ्चायत समितिद्वारा बलुवा खानीमा पुलिस चेकपोस्टको एकक कार्यक्रमबीच उद्घाटन गरियो। कार्यक्रममा लाभा पञ्चायत समितिका सभापति साङ्गे छोयेम भोटिया, लाभा खण्ड विकास अधिकारी भारती सी बराइक, लाभा थाना प्रभारी मनिषा लामा, पञ्चायत समिति सदस्य बबिता छेत्री, सन्तुक ग्राम पञ्चायतका प्रधान सुमित छेत्री, ट्राफिक प्रभारी लाक्पा डेन्जोङ्पा, इएसआइ सञ्जय छेत्री, खण्ड विकास कार्यालयका अभियन्ता सोनाम लामाआदिको विशेष उपस्थिति रहेको थियो। लाभा पञ्चायत समितिद्वारा पन्ध्रौँ वित्त आयोग मार्फत उक्त पुलिस चेकपोस्ट निर्माण गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूको बाहुलीबाट उक्त नव निर्मित पुलिस चेकपोस्टको रिबन काटेर विधिवत रूपमा उद्घाटन गरियो। राष्ट्रिय राजमार्ग 717 ए हाइवेसित जोड़िएको यस मार्गमा कतिपय समयहरूमा उत्पन्न हुने गरेको ट्राफिक समस्यालाई ध्यानमा राख्दै साथै कानुन व्यवस्थालाई पनि मध्यनजर राखेर उक्त पुलिस चेकपोस्ट सञ्चालन गरिएको पनि जनाइएको छ। यस मार्गलाई राष्ट्रिय राजमार्ग 10 बन्द अथवा बाधित भएको समयमा यसै मार्गलाई नै वैकल्पिक मार्गको रूपमा प्रयोग गरिदै आइरहेको छ। स्मरण रहोस्, विगतका दिनहरूम पनि बलुवा खानीलाई त्यस समय फरेस्ट चेकपोस्ट रहेको थियो। यस ठाउँलाई पुनः आजदेखि पुलिस चेकपोस्टको रूपमा आरम्भ गरिएको छ।


Share this news
आजको रोजाइ

बिजनबारी बहुआयामिक साहित्यिक कार्यक्रमको हुने

पाँच डेसिमल पर्जा पट्टाको बिरोध गर्नु एकवद्ध हुन अवस्यक

पाँच डेसिमल पर्जा पट्टाको बिरोध गर्नु एकवद्ध हुन अवस्यक

प्लास्टिक मुक्त परिवेश माथि सचेतता कार्यक्रम 

प्लास्टिक मुक्त परिवेश माथि सचेतता कार्यक्रम 

लप्चु चिया बगानमा रुखको बिरुवा रोपण कार्यक्रम

लप्चु चिया बगानमा रुखको बिरुवा रोपण कार्यक्रम

गोर्खा केन्द्रभूमि राजनीतिक चक्रमा फसेको छ: विकास लोहानी 

गोर्खा केन्द्रभूमि राजनीतिक चक्रमा फसेको छ: विकास लोहानी 

पोख्रेबोङ एकता परिवारको पाँचौं वार्षिकोत्सव

पोख्रेबोङ एकता परिवारको पाँचौं वार्षिकोत्सव

पुलिसद्वारा 258 वटा मोबाइल फोन मालिकलाई प्रदान 

पुलिसद्वारा 258 वटा मोबाइल फोन मालिकलाई प्रदान 

बिजनबारीमा कुकुरहरूको एकदिने नसबन्दी शिविर 

बिजनबारीमा कुकुरहरूको एकदिने नसबन्दी शिविर 

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी