वार्ड नम्बर पाँचको बाटोमा खाल्डा-खुल्डी रहेकोले जनसाधरण समस्यामा

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः खरसाङ्को वार्ड नम्बर पाँचस्थित एचडीएफसी ब्याङ्कदेखि उकालो हिमाली रोडको ठूलो गोलाईसम्म जाने बाटोको भगतवीर झोड़ाको पूलदेखि माथि मरमति गर्न पर्ने माग उठिरहेको छ। यो बाटोमा रहेको भगतवीर झोड़ाको पूलदेखि माथि तेर्सो बाटो निस्कनेसम्मको अवस्था निकै खराब रहेको छ। यो बाटोको एक स्थानमा बरको रुखको जराले बाटोको भागलाई उचालेर भत्काइदिएको छ भने यहाँदेखि तलका स्थानमा खाल्डाहरू बनेको छ। यसको अतिरिक्त यो बाटोमा रहेको स-साना खाल्डाको कारण मानिसहरू हिँड़नलाई समस्या भइरहेको गुनासो छ। यो बाटोमा मानिसहरू हिँड़दा लड़ने गरेको स्थानीयहरूले बताएका छन्‌‍। केही दिन अघि यसै बाटोमा एउटा महिला लड़ेर घाइते बनेकी थिइन्‌‍। तिनको खुट्टाको हट्टी बाहिर निस्किएकोले तिनलाई खरसाङ महकुमा अस्पतालमा प्राथमिक चिकित्सा गरेपछि उत्तर बंगाल मेडिकल कलेजमा रेफर गरिएको थियो। स्थानीय सुदन सहले भने, यो बाटोको मरमति धेरै लामो समयदेखि भएको छैन। यहाँको भगतवीर झोड़ामा 6-7 वर्ष अघि पूल निर्माण गरिएपछि त्यहाँबाट निस्किएको ढुंगासम्म हटाइएको थिएन। यसै पूलको छेवैमा केही दिन अघि एकजना महिला लड़ेकी थिइन्‌‍। खाल्डमा तिनको खुट्टा पर्दा तिनी लड़ेकी थिइन्‌‍, तिनलाई लड़दा गम्भीर चोट लागेको थियो। यसरी अन्य मानिसहरू पनि यो बाटोमा लड़िसकेका छन्‌‍। विगतमा केही वर्ष अघि हामीले बाटोको मरमतिको निम्ति निवेदन गरेका थियौँ तर नगरपालिकाले रेलको जग्गामा पर्छ भनेर बाटोको मरमति गरेन। रेलको जग्गा भए पनि नगरपालिका क्षेत्र भित्रको बाटो हो, यसको मरमति गर्न पर्छ भन्ने हाम्रो माग छ। तिनले वर्तमानमा नगरपालिकाले बर्खाको समयमा बाटोमा ब्लिचिङ छर्नसम्म छोड़ेको बताउदै यो बाटोमा केही दिन अघि स्थानीय चर्चका सदस्यहरूले ब्लिचिङ छर्कने कार्य गरेको पनि बताए। टेकबीर बस्ती निवासी एक व्यक्तिले पनि आफू कामबाट दैनिक रातिको समयमा पैदल हिँड़ेर घर जान पर्ने बताउदै भने, रातिको समयमा यो बाटोमा हिँड़दा म पनि लड़ेको छु। राति यो बाटोमा अँध्यारो हुन्छ, त्यहीमाथि ठाउँ-ठाउँमा खाल्डा छ। मोबाईलको टर्च बालेर राति हिँड़न पर्छ। बाटोको राम्रोसित मरमति गरेर एउट स्ट्रीट लाइट लगाइएको खण्डमा हामी जस्ता पैदल हिँड़ने मानिसहरूलाई धेरै सुविधा हुने थियो।


Share this news
आजको रोजाइ
जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक