बाईपास रोडको हावा घर सोचनीय बन्दैछ

Share this news

खरसाङ, (निसं)ः ग्रीन सिटी मिशन अन्तर्गत खरसाङ नगरपालिकाले कप्तान सुरज शर्मा पथ (बाईपास रोड) मा निर्माण गरेको हावा घर अथवा बिसाउनी घर वर्तमानमा जीर्ण बन्दै गएको छ। यो हावा घरको वरिपरि लगाइएको फाइबरको पारदर्शी ग्लास धेरै अघि फुटाइएको थियो भने यहाँको बस्ने चौकीहरू पनि अघिबाटै भत्किएको थियो, जुन वर्तमानमा यहाँ छैन। हावा घरमा लगाइएको पीभीसीको सिलिङ एकतिर उप्किएको अवस्थामा रहेको छ। हावा घरको वरिपरि लगाइएको टाइल्सहरू पनि उप्किएको अवस्थामा देखिएको छ। वर्षाकालमा पानी परेको समय अनि हिउँदोको चर्को घाममा मानिसहरूलाई बिसाउन सुविधा होस, गाड़ीको प्रतिक्ष गर्नलाई सुविधा होस भनी निर्माण गरिएको यो हावा घर यस स्थानमा आवश्यक देखिएको छ। जनसाधरणको निम्ति आवश्यक र सुविधा प्रदान गर्ने यो हावा घरलाई उपद्रवीहरूले निर्माणको केही समयपछि नै आफ्नो उपद्रवको शिकार बनाएका थिए भने वर्तमानमा समयको अन्तरालसितै जीर्ण बन्दै गइरहेको पाइएको छ। करबीया चिया बगानको ठूलो पातले, सानो पातले, मन्सीधुरा अनि अन्य गाउँका धेरै मानिस अहिले पनि पैदल हिँड़ेर खरसाङ बजार आउने गरेका छन्‌‍। पैदल बजार आएका मानिसहरू अकास्मिक वर्ष शुरु हुँदा यसै हावा घरमा ओत लाक्ने गरेको पाइएको छ। यो सड़कमा बिहानको समयमा मर्निङ वर्क गर्ने अथवा कसरत गर्नेहरू पनि धेरै आउने गरेका छन्‌‍, तिनीहरू पनि थाकेको समयमा अथवा वर्षा भएको समयमा यो हावा घरमा बस्ने गर्छन्‌‍। कतिपय पर्यटकहरू पनि यस स्थानमा गाड़ी रोकेर फोटो खिच्ने चिया बगानमा गएर फोटो खिच्ने अनि यसै हावा घरमा पसेर बिसाउने गरेका पनि गर्छन्‌‍। सबैको निम्ति आवश्यक यो हावा घरको मरम्मती गर्नु पर्ने अथवा यहाँ अझ ठूलो हावा घर निर्माण गर्नु पर्ने मानिसहरूको सुझाउ छ।

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ