फ्रेञ्चसिस राई राज्य स्तरीय भानुसिधु गोल्डकपमा छनौट

Share this news

मजुवा, 29 जुलाई (निसं): लियोनल फ्रेञ्चसिस राई राज्य स्तरिय भानुसिधु गोल्डकप च्याम्पियनसिपमा छनौट भएका छन्। पश्चिम बंगाल राज्य स्तरीय काउन्सिल स्कूल गेम्स एण्ड स्पोर्ट्स एवं शिक्षा विभाग डब्ल्यूएसइडी-का आयोजनामा सम्पन्न भानुसिधु गोल्डकप अण्डर -सेभेन्टिन बोइस च्याम्पियनसिप संस्करण दोस्रोमा मजुवा ग्राम भीरगाउँ निवासी लियोनल फ्रेन्चसिस राईले दार्जीलिङ जिल्ला टोलीको तर्फबाट खेल्ने अवसर पाएका छन् ।आगामी  पहिलो अगस्तदेखि पुरूलिया जिल्लामा सम्पन्न हुने राज्य स्तरीय टुर्नामेन्टको निम्ति आगामी 29 जुलाईको दिन दार्जीलिङका टोलीले प्रस्थान गर्ने पनि सुत्र मार्फत थाहा लागेको छ भने उनिहरूले आगामी 2 अगस्तको दिन खेल मैदानमा पहिलो खेलको निम्ति उत्रिनु पर्नेछ। भानुसिधु गोल्ड कप च्याम्पियनसिप-मा पहाडका 4 वटा साथै समतल,जंगलमहल भित्र पर्ने 4 वटा जिल्लाहरूका अण्डर -सेभेन्टिङ बोइस नानीहरूलाई लिएर जिल्ला हुँदै राज्य स्तरीय टुर्नामेन्टमा खेल्नु पर्नेछ। वर्ष 2023-24 देखि आरम्भ टुर्नामेन्टमा उत्कृष्ट प्रर्दशन गरेको खण्डमा राष्ट्रिय स्तरीय खेल प्रर्दशन गर्नमा पनि छनौट सहज हुने जान्नमा आएको छ। स्मरण रहोस, लियोनल फ्रेञ्चसिस राई सानैदेखि फुटबल खेलमा चासो राख्ने भएकोले उनको कोशिस र मेहनतले 62,63 अनि 64 वाँ सुब्रोतोकप साथै दार्जीलिङ प्रिमियर लिग वर्ष 2024-25 लगायत जीटीए चियरमेन कप, जोराज मेमोरियल कप जस्ता टुर्नामेन्टमा आफ्नो खेल प्रर्दशन गरिसकेका छन भने उनको आगामी खेल उत्कृष्ट प्रर्दशन र राज्य स्तरीय टुर्नामेन्ट खेल्न छनौट भएकोमा क्षेत्र वासीहरूले शुभकामना दिएका छन्।



Share this news
आजको रोजाइ
पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

विधायक निरज जिम्बाद्वारा राहत विभिन्न ठाउँमा

विधायक निरज जिम्बाद्वारा राहत विभिन्न ठाउँमा

उज्ज्वल र बलियो सिक्किमको दिशा निर्देश दिने

उज्ज्वल र बलियो सिक्किमको दिशा निर्देश दिने

गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न

गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न