फोलो साहित्यकार असीत राईको 85 औँ जन्म जयन्ती पालन

Share this news

खरसाङः असीत राई स्मृति साहित्यिक मञ्चको आयोजनामा पालन गरियो। खरसाङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा सम्पन्न भएको यो कार्यक्रम मञ्चका अध्यक्ष ऋषि राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजसेवी एवम लेखक आईएन शर्मा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा असीत राईकी धर्मपत्नी शान्ति राई, वरिष्ट साहित्यकार एवं नर्थबेङ्गल कमर्शियल इन्सटिच्युटका पूर्व प्राचार्य जीबी बल, वरिष्ठ नाटककार पूर्ण गुरुङ निरुपम, समाजसेवी एवं उद्यमी हिरा प्रधान, कवियत्री उषाकिरण सत्यदर्शी उपस्थित रहेका थिए। असीत राईको तस्वीरमा मुख्य अतिथि, विशिष्ट अतिथि, कार्याक्रम अध्यक्षको बाहुलीबाट धुप-दीप प्रज्जवलनपछि आरम्भ गरिएको यो कार्यक्रममा असीत राई सितै अन्य दिवंगत साहित्यकारहरूको स्मरण गर्दै मौन धारण गरी तिनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। युवा कवि सम्भूकुमार राई अनि रचिता छेत्रीद्वारा सञ्चालित यस कार्यक्रममा मञ्चको 13 औँ साहित्यिक प्रकरण पनि आयोजना गरिएको थियो। साहित्यक प्रकरणमा सम्भूकुमार राई, रचिता छेत्री, धीरज बस्नेतले स्वरचित रचना पठन गरेका थिए। मञ्चका सचिव दीपक ठटाल जनलले स्वगत वक्तव्य राख्दै गत मई महिनामा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम आयोजना गरिएको दावी गर्दै यस पल्टको कार्यक्रममा लघु रुपमा सम्पन्न गरिएको जानाकरी गराउँदै अनि असीत राईको चिन्हारीको खोज र वर्तमान गोर्खा राजनीति शीर्षतकमा वर्ता प्रस्तुत गरेका थिए। असीत राईको परिवरका सदस्य आनन्द थापाले आफ्नो वक्तव्यमा मञ्चप्रति आभार प्रकट गर्दै स्मृतिमा असीत राई स्मृति ग्रन्थ आशा गरिए अनुरुप उत्कृष्ट रहेको बताए। प्रमुख अतिथि आईएन शर्माले आफ्नो वक्तव्यमा मञ्चले असीत राईको साहित्यिक योगदानलाई अमरत्व प्रदान गर्न जुन कार्य गरिरहेको छ, त्यो सराहनीय रहेको छ भनी बताए। कार्यक्रममा तिनले अझ भने, मञ्चले जस्तै अन्यले पनि यूर्य विक्रम ज्ञवली, धरणीधर गोइराला साथै अन्य ओझेलमा पर्न लागेका सिहित्यकारहरूमाथि काम गर्न आवश्यक छ, किनकी ती साहित्यकारहरूले साहित्यको साहित्यप्रतिको योगदानले आज हामी र हाम्रो भाषा, साहित्य यो स्तरमा आउन सक्षम भएको हो। आज हामी असीत राईका साहित्यिक कृतित्वले उपकृत भएका छौँ। असीर राई पनि ती अग्रजहरूबाट प्रेरित भएर साहित्य साधनाको एक तपस्वी बने। जसले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा उभिन सक्षम बनाए। आफ्नो अध्यक्षीय वक्तव्य राख्दै ऋिषि राईले असीत राई स्मृति ग्रन्थ प्रकाशनमा परिवार पक्षको ठूलो योगदान रहेको बताए।तिनले असीत राई जस्ता मूर्धन्य सारहित्यकारको जन्म जयन्ती सबै ठाउँमा पालन गरिन आवश्यक रहेको राईले बताउदै स्थानीय तहमा कुनै पूर्वाग्रहले हो अथवा अन्य कुनै कारणले असीत राईका कृतित्वमाथि भने जस्तो कार्यक्रम र कदर नभएको हामीले अनुभव गरेका छौँ। अन्तर्राष्ट्रिय स्तरमा असीत राई प्रखर साहित्यकारको रुपमा परिचित रहेका छन्‌‍ भने। तिनले असीत राई स्मृति मञ्च गठन भएपछि वाह्य अनि आन्तरिक रुपमा अनरोधहरू खड़ा गर्ने काम भएको गुनासो गर्दै तर हामी डगमगाएनौँ अनि डगमगाउे पनि छैनौँ। भविष्यमा स्मृति ग्रन्थमाथि विमर्श कार्यक्रम साथै अन्तर्राष्ट्रिय कवि गोष्ठीको आयोजना गर्ने, असीत राईको नाममा पुरस्कार प्रदान गरिने कुरोमा मञ्चले विचार गरिरहेको छ भनी तिनले बताए। कार्यक्रमममा खरसाङ लगायत महानदी, कालेबुङ अनि अन्यान्य स्थानबाट साहित्यकार अनि साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ