प्रज्ञा साझा मञ्चले भाषा संग्रामी अि समाजसेवक 4 जनालाई सम्मान जनाउने

Share this news

खरसाङ, (निसं) खरसाङ्को प्रज्ञा साझा मञ्चले भाषा सङ्ग्रामी अनि समाजको निम्ति उल्लेखयोग्य कार्य गर्ने 4 विशिष्ट व्यक्तिहरूलाई साझ सम्मान 2025 ले सम्मान जनाउने भएको छ। शुक्रवार यहाँको ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा सम्पन्न भएको सभामा उक्त निर्णयलाई अन्तिर रुप दिइएको छ। मञ्चका अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा साझा सम्मान अलङ्करण समारोहको बारेमा व्यापक चर्चा गरियो। चर्चामा वक्ताहरूले आगामी 31 अगस्तको दिन खरसाङ्को पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आयोजना गरिने उक्त कार्यक्रमलाई कुन प्रकारले सफल र भव्य बनाउन सकिन्छ भन्ने विषयमा सुझाउहरू प्रस्तुत गरेका थिए। सभामा मञ्चकी सचिव उषा किरण सत्यदर्शीले नेपाली भाषाले पूर्ण रुपमा संवैधानिक मान्यता पाएको दिन 31 अगस्तलाई लक्ष्य रहेको यो कार्यक्रमको आयोजना गरिएको हो भनी जनाउदै भाषा संग्रामी, साहित्यकार, लकाकर्मी, समाजसेवकहरूलाई साझ प्रज्ञा मञ्चले प्रत्येक वर्ष साझा सम्मानले सम्मान जनाउदै आएको बताइन्‌‍। तिनले यस वर्ष पनि गहन चिन्तन-मनन्‌‍ अनि विविध पक्षबाट सुझा र परामर्श प्राप्त गरेर चार व्यक्तित्वहरूलाई साझ सम्मान 2025 ले सम्मान जनाउने निर्णय गरिएको बताइन्‌‍। साझ मञ्चद्वारा सम्मान जनाइने चार व्यक्तित्वहरू भाषा संग्रामी द्वय जय प्रकाश दाहाल, तुलसी अधिकारी, समाजसेवक ठेण्डुप छिरिङ अनि शिल्पकार हिरा प्रधान रहेका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ