प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको सभा सम्पन्न

Share this news

खरसाङ, (निसं)ः प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ पार्टी कार्यालयमा एल्जिन ब्राह्मणको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा विभिन्न वार्डका सदस्यहरु, दिलाराम शाखा सदस्यहरुको उपस्थिति थियो। सभालाई सह सचिव रञ्जन तामाङले सञ्चालन गरेका थिए भने आगामी दिनहरूमा संगठनले गरिनु पर्ने महत्त्वपूर्ण कार्यहरुबारे चर्चा परिचर्चा गरियो भने आगामी महिना हुन गईरहेको वार्षिक सभाबारे पनि छलफल गरियो। यसपालीको वार्षिक सभा भव्य रुपमा आयोजना गरिने साथै उक्त दिन सम्पूर्ण दैनिक काम काजहरु ठप्प राखिने छ र हरेक सदस्यको उपस्थिति अनिवार्य रहने भनी सचिव शरण विश्वकर्मले जनाएका छन्‌‍। दैनिक खटिखाने श्रमिकहरुको धेरै समस्या साथै मागहरु रहेको छ पनि उनले बताए। उक्त कुराको समाधान केवल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष साथै गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशनको प्रमुख कार्यपाल अनित थापाले मात्र गर्न सक्छन्‌‍ भनी बताउँदै यस विषयमा श्रमिक संगठनका प्रतिनिधि टोली जीटीए प्रमुखलाई भेटेर ज्ञापन पत्र चढाउने भएको छ। यसको साथै संगठनले गत वर्ष झैं यसपाली पनि विश्वकर्म पूजा भव्य रुपमा मनाउने भएको साथै कमिटी पनि गठन गरेको छ। जसमा शरण विश्वकर्म, एल्जिन ब्राह्मण, प्रभाकर सार्की, विकाश सार्की, रञ्जन तामाङ, जीवन मोहोरा आदि रहेका छन्‌‍ भने अन्य छजना साधारण सदस्यहरु पनि चयन भएका छन्‌‍। सभामा सम्पूर्ण सदस्यहरुको सहमति अनुसार अब उसो हरेक महिना संगठनको सभा हुनेछ सभालाई सफल बनाउन साथै सदस्यहरुलाई अवगत गराउन भनी प्रभाकर सार्की अनि रञ्जन तामाङलाई विशेष जिम्मेवारी अध्यक्ष एल्जिन ब्राह्मणले दिएका छन्‌‍। सभामा उपाध्यक्ष हर्कबहादुर विश्वकर्म, सहवाज खान, दावा शेर्पा, शयाम सोनमले पनि आफ्नो वक्तव्य राखेका थिए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ