पुष्परानी विद्यालयमा व्यवस्थित मतदाता एवं चुनावी सहभागिता बारे जागरुकता कार्यक्रम

Share this news

खरसाङ, 25 जुलाई (निसं)ः खरसाङ्को पुष्परानी रोय मेमोरियल उच्चत्तर माध्यमिक विद्यालयमा व्यवस्थित मतदाता शिक्षा एवं चुनावी सहभागिता (एसभीईईपी) कार्यक्रम सम्पन्न भयो। विद्यार्थीवर्गलाई मतदानको बारेमा जागरुकता प्रदान गर्नको निम्ति चुनाउ आयोगको निर्देशमा आयोजना गरिको यस कार्यक्रममा मुख्य अतिथिको रुपमा विद्यालयकी प्रधान अध्यापिक ललिता भण्डारी उपस्थित रहेकी थिए। यस सचेतना मूलक कार्यक्रममा पाँचौँदेखि बाह्रौँ श्रेणीसम्मका विद्यार्थीहरूलाई मतदान कसरी गरिन्छ, मतदानको प्रक्रिया कस्तो हुन्छ भन्ने विषयमा राजनीति शास्त्रका शिक्षक विदेन्द्र बेलकोटीले विस्तृत जानकारी गराए। विद्यार्थीहरूलाई यस बारेमा सहज रुपमा जानकारी गराउनको निम्ति एउटा पुलिङ बुथ बनाएर पुलिङ अफिसर, पुलिङ एजेन्ट राखेर मतदान गराएर चुनाउमा सहभागिता कार्यक्रम सम्पन्न गरिएको थियो। यस कार्यक्रममा मतदान विषयमा एउटा हाजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरिएको थियो। यस प्रतियोगितामा विद्यार्थीहरूलाई चुनाउ प्रक्रिया, चुनाउ आचार संहिता, मतान र चुनाउ आचार संहिताको महत्वको विषयमा प्रश्न गरिएको थियो। आठौँ, नवौँ अऩि दशौँ श्रेणीलाई एउटा झुण्ड, एघारौँ कला अऩि विज्ञान एउटा झुण्ड, बाह्रौँ श्रेणी कलालाई एउटा झुण्ड, बाह्रौँ श्रेणी विज्ञानलाई एउटा झुण्ड गरेर चारवटा झुण्डमा विभाजन गरी प्रतियोगिता सम्पन्न गरिएको थियो। प्रतियोगितामा प्रथम बाह्रौँ श्रेणी विज्ञान अनि आठौँ, नवौँ, दशौँ श्रेणीको झुण्ड दोस्रो स्थानमा रहेको थियो। कार्यक्रममा पाँचौँदेखि बाह्रौँ श्रेणीका विद्यार्थीहरूले नेपाली, अंग्रेजी, हिन्दी, बंगला अनि उर्दू भाषामा आफ्नो भाषा शिक्षकको मर्गदर्शनमा कविता पाठ गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो वक्तव्य राख्दै विद्यालयकी प्रधान अध्यापिक ललिता भण्डारीले विश्वको सबैभन्दा ठूलो गणतान्त्रिक देशको चुनावी प्रक्रियामाथि विद्यार्थीहरूलाई बुझाइन्‌‍। भण्डारीले भनिन्‌‍, आज यस कार्यक्रमबाट विद्यार्थीहरूले चुनाउ प्रक्रिया सम्बन्धमा जति शिक्षा प्राप्त गरेका छन्‌‍, त्यो शिक्षा तथा जानकारीलाई घरमा गएर आफ्नो परिवारका सदस्यहरू, माति-पिता, साथी-भाईहरूलाई बताउन पर्छ। तिनले यो कार्यक्रम मतदानको बारेमा जागरुक लगाउनको निम्ति अति महत्वपूर्ण र सराहनीय कार्यक्रम रहेको बताउदै सबैप्रति आभार प्रकट गरिन्‌‍। यस कार्यक्रमलाई शिक्षक रामु ठटालले सञ्चालन गरेका थिए।


Share this news
आजको रोजाइ
वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत