पार्मटी अध्नयक्ष घिसिङ अनि अन्य नेतृत्वहरूले दिल्लीमा निभाउन पर्ने भूमिका निभाउदैछन्ः गोरामुमो

Share this news

सोनादा, (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा पचेङ समष्टिको सभा शुक्रवार निम्न सोनादा रमितेमा सम्पन्न भयो। समष्टि अध्यक्ष भुपेन गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको सांगठनिक सभालाई सह सचिव प्रणित थापाले सञ्चालन गरेका थिए। सभामा मूल सचिव किशोर थापा, प्रवक्ता रुस्तम छेत्री, समष्टि प्रतिनिधिवर्ग, भातृ संगठनका प्रतिनिधिवर्गको उपस्थिति रहेको थियो। सभामा समष्टिको सांगठनिक गतिविधि साथै राजनैतिक विषयमा व्यापक छलफल गरिएको बताइएको छ। समष्टिलाई बलियो बनाउन हेतु सबैले अब तीब्र गतिमा कार्य गर्नु पर्ने सभाले प्रस्ताव पारित गरेको छ। यसको साथै दिल्लीमा निभाउनु पर्ने भूमिका पार्टी अध्यक्ष अनि शीर्ष नेतृत्ववर्गले निभाइसकेका छन्‌‍ र निरन्तर सम्पर्कमा रहेर गोर्खा जातिको न्यायको निम्ति कार्य भइरहेका छन्‌‍ भनी बताइएको छ। अब हामीले जन सम्पर्क गरेर जनतालाई सचेत गराउनुपर्छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सत्यको मार्गमा हिँड़ने दल हो। संस्थापक अध्यक्ष सुवास घिसिङ्को सिद्धान्त अनि मार्ग दर्शनमा रहेर पार्टी अध्यक्ष मन घिसिङ, शीर्ष नेतृत्ववर्ग अनि कार्यकर्ता गोर्खा जातिको न्यायको निम्ति लडिरहेका छन्‌‍। गोरामुमोको टेक भारतको संविधानको प्रावधान अनुरुप जाति, माटो र संस्कृतिको सुरक्षा हुनु पर्छ भनेर भारत सरकारलाई बुझाउनु पर्ने, राख्नु पर्ने, जनाउनु पर्ने, सबै कार्य गरिसकेका छन्‌‍। छैटौंँ अनुसूचीभन्दा तलको व्यवस्थालाई हामी स्वीकार गर्दैनैाँं भनी मूल सचिव किशोर थापाले आफ्नो सम्बोधनको क्रममा भने। भारत सरकारले अझैसम्म बोलेको छैन। यदि भारत सरकारले गोर्खाल्याण्ड दिन्छ भने त्योभन्दा ठूलो अरु कुरा हुन सक्दैन। संस्थापक अध्यक्ष सुवास घिसिङले गोर्खाल्याण्ड सोझै नहुने देखेपछि छैटैाँं अनुसूचीलाई सिँढ़ी बनाएर आफ्नो लक्ष्यमा पुग्ने रणनीति तय गरेका थिए। तर यहाँ पहाड़मा नेताहरु र बुद्धिजीवीवर्गले धेरै बुझेन र आज हामी जीटीए जस्तो अंसवैधानिक ब्यवस्थामा भुलिनु पऱ्यो। आज जीटीए जस्तो व्यवस्थाले गर्दा गोर्खा जाति लथालिङ्ग भएको छ। मौका छ, सबै एक भएर गोर्खा जातिलाई भारतको संविधानको प्रावधान अनुरुप न्याय दिलाउनु पर्छ भनी समष्टि प्रवक्ता रुस्तम छेत्रीले आफ्नो

Share this news
आजको रोजाइ
अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

आजको रोजाइ