पाइन् एप्पल स्वयम् सहायता दलद्वारा निःशुल्क स्वस्थ्य शिविर

Share this news

खरसाङः खरसाङ्को वार्ड नम्बर 3 स्थित कटलेरी ग्राम सुधार समिति भवनमा पाइन्‌‍ ऐप्पल स्वयम्‌‍ निर्भर दलको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरियो । शिविरमा मधुमेह रोगको जाँच, रक्तचापको जाँच लगायत विभिन्न रोगहरूले ग्रसित बिरामीहरूको निःशुल्क जाँच गरियो अनि औषधिहरूको वितरण गरियो। वार्ड नम्बर 3 लगायत वरिपरिका क्षेत्रहरूबाट जम्मा 72 जना मानिसहरूले यस स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य जाँच गराएका थिए। स्वथ्य जाँच शिविरको बारेमा बताउदै पाइन ऐप्पल स्वयम्‌‍ सहायता दलका कोषाध्यक्ष झुमा राणा लेप्चाले बताए अनुसार खरसाङ नगरपालिकाका स्वास्थ्य विभागका डाक्टर एस सिकारी, मेडिकल अधिकारी डाक्टर एस बानिक, औषधालयकी प्रबचाना छेत्री, ल्याब टेकनिशियन सुदीप साहु लगायत आशा कर्मीहरुको उपस्थितमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो। यस स्वास्थ्य शिविरमा वरिष्ठ नागरिक, बाल-बालिका लगायत क्षेत्रका आम नागरिकहरूले आफ्नो स्वास्थ्य जाँच गराए। यस स्वास्थ्य शिविरलाई आयोजना गर्न पाइन एप्पल स्वयम्‌‍ सहायता दलका सभापति पासाङ तामाङ, प्रमिला थापा, निता रोय, ललिता मुखिया, झुमा राणा लेप्चा, देविका लेप्चा अनि गीता लेप्चाले योगदान पुऱ्याएका थिए। राणाले यसरी दोस्रो पटक वार्ड नम्बर 3 मा स्वास्थ्य शिविर आयोजना गरेर दलले सबैलाई स्वास्थ्य जाँच गराउने मौका दिएको बताउदै वरिष्ठ नागरिक मार्कुस लेप्चाले वार्डवासीको तर्फबाट खरसाङ नगरपालिकाका स्वास्थ्य विभाग, पाईन एप्पल स्वयम्‌‍ सहायता दलका सदस्यहरू लगायत खरसाङ नगरपालिकाका अध्यक्ष अनि उपाध्यक्षलाई धन्यवाद दिएको बताइन्‌‍।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ