पाँच डेसिमल पर्जा पट्टाको बिरोध गर्नु एकवद्ध हुन अवस्यक

Share this news

बिजनबारी,11 जुलाई(निसं): फरेष्ट भिलेजलाई प्रदान गरेको जमिनको पट्टा र चिया बगानमा हुँद‌ै गरेको सर्वे एउटै देखाउनु अनित थापाको कमान बासिलाई दिनु खोजेको धोखा हो भनी गोरामुमो नेता नरेन्द्र काम्बाङले भनेका छन्।
फरेष्ट भिलेजलाई प्रदान गरेको जमिनको पट्टा र चिया बगानमा हुँद‌ै गरेको सर्वे एउटै देखाउनु अनित थापाको कमान बासिलाई दिनु खोजेको धोखा सरह रहेको गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति सदस्य नरेन्द्र काम्बाङले बताएका छन। बिहिवार एक भिडियो जारी गर्दै काम्बाङले उक्त कुरा बताएका हुन। उनले अझ भने पश्चिम बंगाल भुमिसुधार अधिनियम 2006 अन्तर्गत बन बस्तिमा बसोबासो गर्ने पुरानो वासिन्दाहरुलाई प्रदान गरिने फरेष्ट भिलेज पट्टा प्रदान गरिने योजना हो।यो निर्दिष्ट कुनै एक घरको नाममा अनि त्यो घरपरिवारले स्यार सुसार गरेको सम्पूर्ण जमिनको सर्वे गरेर बन विभागको नामको जमिन त्यो निर्दिष्ट व्यक्त एंव परिवारलाई दिनु पर्ने नियम हो।यो जमिन पुरानो रैथाने अनि ट्राईबलहरुको शिर्षकमा वितरण गरिन्छ।तर चिया बगानको त सबै जमिन सर्वे गरेर सरकारको नाममा बनाएर सरकारले फेरि शरणार्थी एंव भुमिहिन पुनर्वास योजना मार्फत केवल पाँच डेसिमल पट्टा दिने भनेर सर्वे गरिन्दैछ।त्यसोसले फरेष्ट भिलेजले पाउने पट्टा एंव सर्वे अनि चियाको वगानको सर्वे जमिन आकास जमिनको फरक छ।तर यहाँ जि टि ए चिफ अनित थापा अझै पनि कमानको श्रमिकहरुलाई भ्रमित गरेर यो सर्वे गराँउन वा पाँच डेसिमल शरणार्थी एंव भूमिहिन पट्टा थपाउने चाल गरिरहेको छ।वास्तमा यो जिम्मा अनित थापालाई बंगाल सरकारले 30 प्रतिशत खालि जमिन व्यापारीहरुलाई बेच्ने हतारमा गराँउन आतुर गरिरहेको छ।त्यसैले दार्जिलिङ क्षैत्रो 79 वटा वन बस्तलाई रिभिन्यु भिलेज वनाउन जुन पर्जा पट्टा एंव सर्वे गरिन्दै छ त्यसमा कुनै बिरोध अनि आपत्ति छैन।चिया बगानको जमिन सर्वे अनि पाँच डेसिमल पर्जा पट्टाको सबै एक भएर बिरोध गर्नु एकवद्ध हुन अवस्यक छ।


Share this news
आजको रोजाइ
delhi-bomb-blast-red-fort

लालकिल्ला नजिक कारमा विस्फोट: अहिले सम्म थाहा भएको विवरण

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

आजको रोजाइ