पशु-प्राणीलाई लिएर स्वास्थ्य शिविरको आयोजन

Share this news

खरसाङ, 15 जुलाई (मोहन प्रसाद): खरसाङस्थित न्टभिएट ग्राम सुधार समिति अनि मन्दिर निर्माण कमिटीको संयुक्त तत्वाधानमा साथै राज्य पशुप्राणी विभाग खरसाङको सहयोगमा खरसाङस्थित न्टभिएट चिया बगानको तीन नम्बर सार्वजानिक भवनमा एउटा विशेष स्वास्थ्य शिविरको आयोजना गरियो । पत्रकारहरूलाई उक्त शिविर बारे जानकारी गराउँदै न्टभिएट ग्राम सुधार समितिका अध्यक्ष प्रणय रोकाले जनाए अनुसार समितिद्वारा नमानसको हितमा वर्षेनी विविध कार्यक्रमहरू आयोजना गरिने गरिन्छ । जनमानस संगै मानिसको दायित्व पशुप्राणीको हितमा पनि कार्य गर्न पनि हो। गाँउमा रहेकपशुप्राणीमा रेबिज जस्ता घातक रोगका साथैे अन्य रोगहरू नफैलिएओस् भन्ने कुरोलाई ध्यानमा राखेर पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो। यस शिविरमा भुस्याहा कुकुरहरू लगभग 30 वटा पाल्तु कुकुरहरूलाई अनि 20 वटा बिराललाई एन्टी रेबिजको खोप लगाईयो अऩि कुकुर अनि बिरालको आँखा अनि कानको स्वास्थ्य जाँच पनि गरियो शिविरमा क्षेत्रमा रहेकलगभग 80- 90 वटा सुँगुरलाई विटामिन अनि जुगाको दवाई दिईयो।लगभग पाँच वटा गाई अनि 10-12 वटा खसीबाख्रालाई भिटामिन बी कम्प्लेक्स, क्याल्शियम अनि डायरियाको दवाई पनि खुवाइयो । यसक अतिरिक्त 3 सय कुखुरैक निम्ति भिटामिन बी कम्प्लेक्सको तरल दवाई गाउँवासीमा वितरण गरियो। कार्यक्रममा भेटेनेरी डाक्टर सुडेनला छिरिङ भुटिया, तिनका सहयोगी अनिता रसाइली, सोना लामा साथै प्रतिभा योञ्जनको उपस्थिति थियो। त्यसरी नैग्राम सुधार समितिका अध्यक्ष प्रणय रोका संगै सचिव आशिष राई, प्रमिला सुब्बा, सरोजा राई , संगीत विश्वकर्मा अनि अन्य सदस्यहरूको उपस्थिति थियो भने  मन्दिर निर्माण कमिटीको पक्षबाट वीरमान तामाङ, सृजना तामाङ, तारा तामाङ, सुधा सुब्बा, सुवर्ण राई, निलम तामाङ अनि अन्य सदस्यहरूको उपस्थिति थियो । रोकाले भने, आउँदो दिनमा पनि यसरी नै सबैको सहयोगमा पशुप्राणीको निम्ति कार्य गरिनेछ । सबैले यी नबोल्ने पशुप्राणीहरूलाई माया साथै सेवा गर्न आवश्यक रहेको छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन