पन्जाबको जोस, चेन्नई उस्तै

Share this news

मोहाली — प्रियांश आर्यले शतक बनाएपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबको ४ खेलमा यो तेस्रो जित हो । तर, चेन्नईले ५ खेलमा चौथो पराजय भोगिसकेको छ ।

२ सय २० रनको लक्ष्य लिएर आएको चेन्नईले ५ विकेट गुमाई २ सय १ रनमात्र बनाउन सक्यो । ओपनर डेभोन कोन्वे ४९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरी ६९ रनमा रिटायर्ड आउट भए । उनका ओपनिङ जोडी रचिन रवीन्द्रले २३ बल खेल्दै ६ चौकासहित ३६ रन बनाए । कप्तान ऋतुराज गायकवड १ रनमै आउट भए । शिवम दुवेले २७ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरेर ४२ र महेन्द्रसिंह धोनीले १३ बल खेल्दै १ चौका र ३ छक्कासहित र २७ रन बनाए । पन्जाबका लोकी फर्गुसनले ४० रन खर्चेर २ विकेट लिए ।

यसअघि २४ वर्षीय आर्यले ३९ बलमै शतक प्रहार गरेका थिए, जुन आईपीएलको तीव्र गतिमा बनेको चौथो शतक हो । उनको प्रयासमा पन्जाबले २१९–६ को स्कोर बनाएको थियो । ओपनर आर्यले कुल ४२ बल खेल्दै १ सय ३ रन बनाए । उनीबाहेक शीर्ष ६ मध्ये ५ ब्याटरले २५ बलमा ३२ रनमात्र बनाउन सके ।

सातौं नम्बरमा ब्याटिङ गरेका शशांक सिंहले ३६ बल खेल्दै २ चौका र ३ छक्कासहित ५२ र मार्को यानसेन १९ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । आर्यले आफ्नो इनिङ्समा ७ चौका र ९ छक्का प्रहार गरेका थिए । चेन्नईका खलिल अहमद र रविचन्द्रन अश्विनले २–२ विकेट लिए ।

कोलकाता– टस हारेपछि ब्याटिङ निम्तो पाएको लखनउ सुपर जायन्ट्सले इडेन गार्डेनमा २३८–३ को स्कोर बनाएको थियो । आईपीएलमा लखनउको यो दोस्रो उच्च स्कोर थियो । तर टोली पावरप्लेमा ९० रन खर्चेर पराजयतर्फ उन्मुख भयो । लखनउले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै २३ रन अन्तरमा कोलकाताको ५ विकेट खोस्दै खेल ४ रनले आफ्नो पक्षमा पारेको थियो ।

१३ ओभरमा १६२–२ को अवस्थामा रहेको कोलकातालाई त्यसपछि विजयनिम्ति ४३ बलमा ७७ रन चाहिन्थ्यो । तर, टोलीले २० ओभरमा ७ विकेट गुमाई २ सय ३४ रनमात्र बनाउन सक्यो । कप्तान अजिन्क्या रहानेले ३५ बलमा ८ चौका र २ छक्कासहित ६१ रन बनाए । बैंकटेश ऐरले २९ बलमा ६ चौका र १ छक्कासहित ४५, सुनिल नारिनले १३ बलमा ४ चौका र २ छक्कासहित ३० र क्विन्टन डी ककले ९ बलमा १५ रन बनाए । अन्तिममा रिंकु सिंहले १५ बल खेल्दै ६ चौका र २ छक्कासहित अविजित ३८ रन बनाए । लखनउका आकाश दीप र शार्दुल ठाकुरले २–२ विकेट लिए । शार्दुलले लगातार ५ वाइड फाले ।

यसअघि लखनउबाट पुनः विदेशी ब्याटरहरू चम्किए । एडेन मारक्रम र मिचेल मार्सले १०.२ ओभरमा ९९ रन जोडे । मारक्रम २८ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाएर आउट भएपछि साझेदारी टुटेको थियो । मार्सले यस सिजन चौथो अर्धशतक बनाउनेक्रममा ४८ बल खेल्दै ६ चौका र ५ छक्कासहित ८१ रन बनाए ।

रन बनाउने सूचीमा अगाडि रहेका निकोलस पूरन ८७ रनमा अविजित रहे । उनले ३६ बलमा ७ चौका र ८ छक्का प्रहार गरे । कोलकाताका हर्षित रानाले २ विकेट लिए ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ