पन्जाबको जोस, चेन्नई उस्तै

Share this news

मोहाली — प्रियांश आर्यले शतक बनाएपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबको ४ खेलमा यो तेस्रो जित हो । तर, चेन्नईले ५ खेलमा चौथो पराजय भोगिसकेको छ ।

२ सय २० रनको लक्ष्य लिएर आएको चेन्नईले ५ विकेट गुमाई २ सय १ रनमात्र बनाउन सक्यो । ओपनर डेभोन कोन्वे ४९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरी ६९ रनमा रिटायर्ड आउट भए । उनका ओपनिङ जोडी रचिन रवीन्द्रले २३ बल खेल्दै ६ चौकासहित ३६ रन बनाए । कप्तान ऋतुराज गायकवड १ रनमै आउट भए । शिवम दुवेले २७ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरेर ४२ र महेन्द्रसिंह धोनीले १३ बल खेल्दै १ चौका र ३ छक्कासहित र २७ रन बनाए । पन्जाबका लोकी फर्गुसनले ४० रन खर्चेर २ विकेट लिए ।

यसअघि २४ वर्षीय आर्यले ३९ बलमै शतक प्रहार गरेका थिए, जुन आईपीएलको तीव्र गतिमा बनेको चौथो शतक हो । उनको प्रयासमा पन्जाबले २१९–६ को स्कोर बनाएको थियो । ओपनर आर्यले कुल ४२ बल खेल्दै १ सय ३ रन बनाए । उनीबाहेक शीर्ष ६ मध्ये ५ ब्याटरले २५ बलमा ३२ रनमात्र बनाउन सके ।

सातौं नम्बरमा ब्याटिङ गरेका शशांक सिंहले ३६ बल खेल्दै २ चौका र ३ छक्कासहित ५२ र मार्को यानसेन १९ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । आर्यले आफ्नो इनिङ्समा ७ चौका र ९ छक्का प्रहार गरेका थिए । चेन्नईका खलिल अहमद र रविचन्द्रन अश्विनले २–२ विकेट लिए ।

कोलकाता– टस हारेपछि ब्याटिङ निम्तो पाएको लखनउ सुपर जायन्ट्सले इडेन गार्डेनमा २३८–३ को स्कोर बनाएको थियो । आईपीएलमा लखनउको यो दोस्रो उच्च स्कोर थियो । तर टोली पावरप्लेमा ९० रन खर्चेर पराजयतर्फ उन्मुख भयो । लखनउले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै २३ रन अन्तरमा कोलकाताको ५ विकेट खोस्दै खेल ४ रनले आफ्नो पक्षमा पारेको थियो ।

१३ ओभरमा १६२–२ को अवस्थामा रहेको कोलकातालाई त्यसपछि विजयनिम्ति ४३ बलमा ७७ रन चाहिन्थ्यो । तर, टोलीले २० ओभरमा ७ विकेट गुमाई २ सय ३४ रनमात्र बनाउन सक्यो । कप्तान अजिन्क्या रहानेले ३५ बलमा ८ चौका र २ छक्कासहित ६१ रन बनाए । बैंकटेश ऐरले २९ बलमा ६ चौका र १ छक्कासहित ४५, सुनिल नारिनले १३ बलमा ४ चौका र २ छक्कासहित ३० र क्विन्टन डी ककले ९ बलमा १५ रन बनाए । अन्तिममा रिंकु सिंहले १५ बल खेल्दै ६ चौका र २ छक्कासहित अविजित ३८ रन बनाए । लखनउका आकाश दीप र शार्दुल ठाकुरले २–२ विकेट लिए । शार्दुलले लगातार ५ वाइड फाले ।

यसअघि लखनउबाट पुनः विदेशी ब्याटरहरू चम्किए । एडेन मारक्रम र मिचेल मार्सले १०.२ ओभरमा ९९ रन जोडे । मारक्रम २८ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाएर आउट भएपछि साझेदारी टुटेको थियो । मार्सले यस सिजन चौथो अर्धशतक बनाउनेक्रममा ४८ बल खेल्दै ६ चौका र ५ छक्कासहित ८१ रन बनाए ।

रन बनाउने सूचीमा अगाडि रहेका निकोलस पूरन ८७ रनमा अविजित रहे । उनले ३६ बलमा ७ चौका र ८ छक्का प्रहार गरे । कोलकाताका हर्षित रानाले २ विकेट लिए ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन