नेपाली भाषा मान्यता दिवसको अवसरमा खरसाङ्मा विराट जागरण जुलुस आयोजना

Share this news

खरसाङ, (निसं)ः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभाग र नेपाली भाषा मान्यता दिवस समारोह समितिको आयोजनामा जीटीए क्षेत्रभरि आयोजना गरिएको दुई सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह अन्तर्गत आज खरसाङ्मा विराट रैलीको साथमा पालन गरिएको छ। उक्त रैलीलाई विराट जागरण जुलुस को नाम दिइएको छ। भाषा हाम्रो प्राण हो भन्ने भन्दै उक्त विराट जागरण जुलुस खरसाङ मोटर स्ट्याण्डबाट शुरु भएर हिल कार्ट रोड हुँदै अस्पताल मोडबाट वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्ड हुँदै नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा आएर कार्यक्रममा परिणत भएको छ। नेपाली भाषालाई लिएर आयोजित विराट जागरण जुलुसमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न विद्यालयहरुको विद्यार्थीहरुले सहभागिता जनाएका थिए। विराट जागरण जुलुसमा सहभागीहरुले भाषा हाम्रो प्राण हो, भाषा बाँचे जाति बाँच्छ, नेपाली भाषा हाम्रो मातृ भाषा हो, नेपाली भाषालाई सम्मान गरौं, नेपाली भाषा शुद्ध लेखौं, सूचनापटहरु नेपालीमा लेखौं, बाटो र ठाउँको नाम नेपालीमा लेखौं, कार्यालयतिर आवेदन नेपाली भाषामा लेखौँ जस्ता नाराहरु लगाइएको थियो।

Share this news
आजको रोजाइ
राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग