दुर्घटनामा मृत्यु भएका द्वयलाई अनित थापाद्वारा श्रद्धाञ्जली

Share this news

दार्जीलिङ,18 जुलाई(निसं):बुधबार बिजनबारी शहरदेखी दुरीस्थित लोवर गोक बस्ती ठूलो ढुंगाले थिचेर वर्षीय बालक समान्था सुब्बा र प्रणित जोगीको घटनास्थलमै मृत्यु भएकोमा शोक प्रकट गर्दै तीद्वयप्रती जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापाले श्रद्धाञ्जली अर्पण गरेका छ। बिहीबार तीद्वय मृत शवलाई पोस्टमर्टम गर्न दार्जीलिङ ल्याएको समय जीटीए चिफ एक्ज्युकेटिभ अनित थापाले मृतकका परिवारसित भेट गरे। दिवंगत आत्माले शान्ति पाओस्।यस अवधी थापाले भने,पहाडमा धेरै ठाउँहरूमा सडक बनाउन खन्ने काम भइरहेको छ।सडल कस्ले खन्दै थियो? बाटो तथा सडक बनाउनु राम्रो हो, तर यो मौसममा खनेर अधुरो काम छोड्दा अप्रिय घटनाहरू पनि भइरहेका छन्। हामी यस्ता कार्यहरूको लागि नीति बनाउने सोचमा छौं।गोकबाट हिमाल दर्पण संवाददाताले जानकारी दिए अनुसा, दार्जीलिङ-पुलबजार खण्ड अधिनस्त गोक-1 ग्रामको लोवर गोकमा बुधबार लगभग चार बजीतिर दुई जनाको दु:खद निधन भएको खबर प्रकाशमा आएको छ। घटनाअनुसार लोवर गोक जामुने नजिकैको जगलमा खाने पानी बनाएर फर्किने क्रममा अचानक माथीबाट ढुंगा खसेपछि उक्त दु:खद घटना घटेको बताइएको छ भने ढुंगाले चेप्टिएर लगभग तीस बर्षीय प्रनिल योगीको घटनास्थलमै ज्यान गएको तथा ढुंगाले लागी गम्भीर रूपमा घाइते बनेकी स्थानीय बुद्दीराज सुब्बाको लगभग 6 वर्षीय छोरी सामन्त सुब्बाको अस्पताल लैजाने क्रममा निधन भएको परिवार सुत्रले जनाएको छ। प्रनिल योगी खरसाङ निवासी रहेको तथा पेशाले जेसीभी गाडीको ड्राइभर रहेको थाहा लागेको छ भने प्रनिल सामन्तको फुपूको छोरा रहेको समेत बताइएको छ। यसका साथै प्रशासनले स्थलगत भ्रमण गर्दै आवस्यक कार्वाही शुरु गरिसकेको तथा मृतदेहलाई पोस्टमार्टमको निम्ति दार्जीलिङ जिल्ला अस्पताल पठाईएको प्रशासनले बताएको छ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ