तीनधारेमा महिनाव्यापी कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचन कार्यक्रम सम्पन्न

Share this news

तीनधारे , (निसं): तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा एक महिनाव्यापी कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रम सम्पन्न भएको छ। उक्त महुनाव्यापी कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रम गत 1 अगस्त देखि 31 अगस्तसम्म आयोजना गरिएको थियो। तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बा तामाङ बुद्धिष्ट एसोसिएसनको आयोजनामा एक महिनासम्म चलेको उक्त कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रम 1 अगस्तदेखि लगातार रुपमा प्रतिदिन अपरान्ह 2 बजीदेखि 4 बजीसम्म धर्म गुरु ल्हाक्पा बम्जन म्हेम्हेद्वारा प्रवचन दिइएको छ। उक्त महिनाभरि कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रमको अन्तिम दिन साङ्गे ल्हाक्पा बम्जन म्हेम्हेको बाहुलीबाट वाङ वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त महिनाभरि कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रममा प्रत्येक दिन साङ्गे ल्हाक्पा बम्जन म्हेम्हेले सम्पूर्ण अन्य लामा म्हेम्हेहरु, म्हाणिपा संघका आनीहरु, बौद्ध धर्मावलम्बीहरु र अन्य जनसाधारणको उपस्थितिमा दिव्य प्रवचन दिइएको जानकारी सह सचिव सन्तोष लामाले दिएका छन्‌‍। उनले दिएको जानकारी अनुसार महिनाव्यापी प्रवचनको अन्तिम दिन ल्हाक्पा बम्जन म्हेम्हेलाई गुम्बाको तर्फबाट सम्मान जनाइएको छ। यस अवसरमा सम्मान पत्र सह सचिव सन्तोष लामाले पठन गरेका थिए भने सभापति प्रेम योञ्जनको बाहुलीबाट प्रदान गरिएको छ। यस अन्तिम दिनको कार्यक्रमलाई सदस्य सुरेन बम्जनले सञ्चालन गरेका थिए। कार्यक्रममा समितिको मूल सचिव महेन्द्र तामाङले महिनाव्यापी कार्यक्रम विषयमा वक्तव्य राख्दै धन्यवाद ज्ञापन पनि राखेका थिए।

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ