डीएचआर रेलसेवामा थप क्षमताको दुईवटा डीजल इञ्जिन

Share this news

खरसाङ, (मोहन प्रसद)ः दार्जीलिङ हिमालयन रेलवेको थप सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको दुईवटा डीजल लोकोमोटिव अर्थात्‌‍ डीजल इञ्जिनलाई आउँदो केही दिनमा नै टोय ट्रेन परिसेवा अन्तर्गत हरियो झण्डा देखाइने छ। दार्जीलिङ हिमालयन रेलवेका निर्देशक रिशव चौधरीलाई यस जाड़ो याममा डीएचआरद्वारा कुनै नयाँ टोय ट्रेन सेवा पर्यटक साथै यात्रीहरूको निम्ति शुरु गर्ने कुनै योजना रहेको छ भनी सोधिएकोमा, तिनले बताए अनुसार, एनएफ रेलवे र डीएचआरद्वारा एनजेपी अनि दार्जीलिङ माझ अझ थप अनि नियमित टोय ट्रेन सेवा परिचालनको निम्ति दुईवटा डीजल लोकोमोटिव अर्थात्‌‍ डीजल इञ्जिनलाई आउँदो केही दिनमा नै टोय ट्रेन परिसेवामा सामेल गरिने छ। तिनले यो पनि जनाए कि आज 29 नोभेम्बरदेखि आउँदो 7 दिसम्बरसम्म प्रति वर्ष झैं यस वर्ष पनि डीएचआरद्वारा घूम विन्टर फेस्टिवलको आयोजन भइरहेको छ, उक्त फेस्टिवलको अवधि नै दुईवटा नयाँ डीजल इञ्जिनलाई हरियो झण्डा देखाइने छ। तिनले यो पनि जनाए कि विगतको डीजल लोकोमोटिव भन्दा नयाँ डीजल लोकोमोटिवमा यात्रीहरूको सुरक्षा माथि थप ध्यान दिइएको छ। त्यति मात्र होइन, वर्तमानमा चलिरहेको डीजल इञ्जिन भन्दा पनि धेर क्षमता नयाँ डीजल लोकोमोटिवमा रहेको छ। यसले सजिलै तीनवटा रेलको डिब्बालाई तान्ने सक्ने क्षमता राख्दछ। जुन प्रकारले पर्यटक मौसममा टोय ट्रेन सेवामा बढ़ोत्तरी हुन्छ, यी दुईवटा नयाँ डीजल लोकोमोटिव आएपछि टोय ट्रेन सेवा पनि बढ़ेर जानेछ भनी चौधरीले जनाए । लगभग एक सय वर्ष अघि निर्माण भएको साथै यतिका वर्षसम्म कुदिरहेको स्टीम इञ्जिनलाई गहन रखरखावपछि विशेष यस विन्टर फेस्टिभलमा पर्यटकहरूको सेवामा हरिलो झण्डा देखाएर सञ्चालन गरिनेछ। विशेष, नयाँ दुईवटा डीजल लोकोमोटिव एनजेपी अनि दार्जीलिङ माझको ट्रेन सेवामा सामेल गरिने छ।

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ