जुडो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन

Share this news

खरसाङ,24 अगस्त(निसं): तेस्रो जिता क्योई अन्तर्राष्ट्रिय बच्चाहरूको जुडो प्रतियोगिता भूटान ओलम्पिक एशोसिएसनद्वारा थिम्पु शहर, भूटानमा 20-24 अगस्तसम्म आयोजना गरिएको थियो। यस अन्तर्राष्ट्रिय प्रतियोगितामा दार्जीलिङ जिल्लाकै प्रतिनिधित्व गर्दै तीन जना खेलाड़ीहरूले भाग लिएका थिए। यस अन्तर्राष्ट्रिय प्रतियोगितामा जापान, दक्षिण कोरिया, मंगोलिया, मलेसिया, सिंगापुर, थाइल्याण्ड, नेपाल, भूटान, बंगलादेश अनि श्री लङ्काका खेलाड़ीहरूले पनि भाग लिएका थिए। पहिलो तीन दिन जापानका ख्याति प्राप्त कोबे युनिभर्सिटीका चार जना जुडो प्रशिक्षकहरुले यी नानीहरूलाई जुडोका विभिन्न कला कौशलहरूको अभ्यास गराए। त्यसपछि यी बालक बालिकाहरु मध्ये प्रतियोगिता गराए। दार्जीलिङ्का खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरे अनि उपस्थित दर्शकहरूको प्रशंसा प्राप्त गर्नमा सफल भए। यस अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा दार्जीलिङ्का तीन खेलाड़ी प्रत्येकले पदक जित्नमा सफल भए। अरुण लामा, अध्यक्ष, दार्जीलिङ जुडो एशोसिएसनले यस सफल जुडो टोलीका प्रशिक्षक अनि दार्जीलिङ जुडो एशोसिएसनका सचिव चित्तरञ्जन रोय, ब्ल्याक बेल्ट प्रति धन्यवाद अनि बधाई ज्ञापन गरे। चित्तरञ्जन रोय यस टोली सित भुटान गएका थिए भने अरुण लामाले बताए अनुसार, बालक विभागमा सत्र वर्ष अन्तर्गत अनि पचास केजीसम्म बिस्तु सिंह अनि दश वर्ष अन्तर्गत अनि 38 केजीसम्म अंकुश सरकारले स्वर्ण पदक जित्नमामा सफल भए अनि बालिका विभागमा 16 वर्ष अन्तर्गत अनि 52 केजीसम्म बसन्ती वर्मनले काँस्य पदक प्राप्त गरे। त्यस ओलम्पिक जुडो खेललाई दार्जीलिङ अनि कालेबुङ्का पहाड़ क्षेत्रमा हाम्रा युवापिँढ़ी मध्ये आकर्षित गराउने प्रयास चली रहेको जनाउँदै भविष्यमा हाम्रा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खेलाड़ीहरू यहीँबाट हामीले पाउने छौँ भनी अरुण लमाले बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ