खरसाङको द ग्रेस इभाञ्जलिकल चर्चद्वारा मानिसहरु हिँड्ने बाटोमा ब्लिचिङ छर्ने कार्य

Share this news

खरसाङ ,19 जुलाई(निसं): खरसाङको निम्न डुमाराम वार्ड नम्बर पाँचमा अवस्थित द ग्रेस इभान्जिकल चर्च द्वारा चर्चको पास्टर राजेन घहतराजको अगुवाईमा मानिसहरु हिँड्ने बाटोमा ब्लिचिङ हाल्ने कार्य सम्पन्न गरियो। परमेश्वरको महिमाको निम्ति बाटो हिँड्ने जनसाधारणको सुबिधाको निम्ति थाल्नी गरिएको यस ब्लिचिङ हाल्ने कार्य प्रार्थनाको साथ शुरू गरियो। वार्डभित्र पर्ने ठूलो गोलाईबाट ब्लिचिङ हाल्दै ओह्रालो बाटो हुँदै चर्च परिसर र वरिपरि हुँदै अन्त्यमा एनएच 110 छुने अन्तिम क्षेत्रसम्म कार्य गरिएको जानकारी प्राप्त भएको छ। विशेष विगत दिनमा एकजना महिला बाटो चिप्लोको कारण यसै बाटोमा लडेर आफ्नो हाथ अनि खुट्टा भच्चाएका थिए। बर्खा यामको कारण बाटो चिप्लो भएर विद्यार्थीहरू लगायत जनमानसलाई बाटो हिँड्नु कठिन भईरहेको थियो। यस्तो असुविधालाई मध्यनजर राखेर यो कार्य गरिएको छ। यस कार्यमा चर्चको पास्टर अनि झुण्डको सहभागिता रहेको यस कार्यमा बिरबल पाखरीन, प्रबीण दियाली, साङ्गे भुटिया, अरूण तामङ र ईसाक घहतराज उपस्थित थिए। चर्चको पास्टरको अगुवाइमा यसरी जन मानसको निम्ति पनि सामाजिक कार्यमा सहभागिता रहने अवसर प्राप्त भएकोमा सबै सहभागीहरूले ईश्वरलाई धन्यवाद ज्ञापन गर्दै खुशी प्रकट गरे साथै गाँउका कतिपय महानुभावहरुले यस कार्यको निम्ति धन्यवाद ज्ञापन गरे। आउँदो दिनमा चर्चको पक्षबाट सामाजिक सेवामा पनि अग्रसर रहने चर्च का सदस्य वीरबल पाखरीनले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ