स्थानीयहरुको सुविधाको लागि घैयाबारी अस्पतालमा एकजना फार्मसिस्ट नियुक्त

Share this news

तीनधारे , (निसं): तीनधारे महानदी समष्टिको घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा चलिरहेको फार्मसिस्टको अभाव समाधान गरिएको छ। घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल) मा फार्मसिस्टको अभावको कारणले स्थानीय मानिसहरुले धेरै समस्या भोगिरहेका थिए। स्थानीय मानिसहरूको समस्यालाई हेरेर अहिले यहाँ एकजना फार्मसिस्ट जीटीएको स्वास्थ्य विभागको तर्फबाट नियुक्त गरिएको जानकारी प्राप्त भएको छ। उक्त एकजना फार्मसिस्ट आजदेखि घैयाबारी अस्पतालमा नियुक्त भएर आएका छन्‌‍। उक्त फार्मसिस्टलाई अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान र अन्य पदाधिकारीहरु र घैयाबारी तीन ग्राम पञ्चायतको प्रधान सुष्मा वाईबा र उप प्रधान केवल राई उपस्थित भएर स्वागत जनाइएको छ। अब उक्त फार्मसिस्टले घैयाबारी अस्पतालमा सेवा प्रदान गर्ने भएको छ। उक्त भेटघाटपछि पत्रकारहरुसित कुराकानी गर्दै विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको संयुक्त रुपमा स्थानीयहरुको असुविधालाई ध्यानमा राखेर पहल गरिएको बताएका छन्‌‍। उनले विद्यार्थी महासंघको तर्फबाट गत 5 अगस्तको दिन यस विषयमा जीटीएको प्रमुख कार्यपाल अनित थापा र स्वास्थ्य विभागको कार्यकारी निर्देशकलाई लिखित ज्ञापन दिएको बताउँदै यसरी समस्याको सामाधान गरिएकोमा जीटीए प्रमुख अनित थापा लगायत स्वास्थ्य विभाग, सभासद, घैयाबारी तीन ग्राम पञ्चायत लगायत सम्पूर्णलाई धन्यवाद दिएका छन्‌‍। उनले भने, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट गत 5 अगस्तको दिन दार्जीलिङ्को लालकोठी पुगेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र स्वास्थ्य विभागका कार्यकारी निर्देशक समक्ष ज्ञापन पत्र बुझाइएको थियो। ज्ञापन प्राप्त गरेपछि तत्काल एक्शन लिएर जीटीएको स्वास्थ्य विभागको तर्फबाट घैयाबारी अस्पतालमा एकजना फार्मसिस्टको नियुक्त गरिएको हो। यस कार्यबाट लिखित रुपमा पहल गरिए समस्याको समाधान हुने रहेछ भनेर बुझेका छौँ। उनले यस कार्यको लागि सबैलाई धन्यवाद दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान