ग्रामीण क्षेत्रका मानिसहरू जंगली जनावरदेखि दिक्क

Share this news

खरसाङ, (निसं): वर्तमानमा ग्रामीण क्षेत्रका मानिसहरू जंगली जनावरको समस्याले दिक्क बनेका छन्‌‍। अहिले बाँदरदेखि लिएर चितुवा, बनेल, दुम्सी जस्ता जंगली जनावरहरूले ग्रामीण क्षेत्रका मानिसहरूलाई सताइरहेका छन्‌‍। यस्ता जंगली जनावरहरूको कारणले अहिले ग्रामीण क्षेत्रका मानिसहरूले खेती-पाती गर्न छोड़ेको, पशु पालन गर्न छोड़ेको बताएका छन्‌‍। मकैबारी चिया बगानको कैलापानी गाउँमा वर्तमानमा चितुवाले कुकुरहरू लगिरहने गरेको देवान राईले बताएका छन्‌‍। तिनले आफ्नो घरमा पालिकको 3-4 वटा कुकुर चितुवाले खाइसकेको बताउदै वर्तमानमा चितुवाले गाउँवासीको बाख्रा, कुकुर खाने घटनाहरू घटिरहने गरेको बताए। चिम्नी क्षेत्रको खुन्द्रुके बस्ती निवासी एक किसानले वर्तमानमा जंगली जनावरहरूको उपद्रव औधी बढ़ेर गएको बताउदै आफ्नो बारीको पिढ़ालु, सिमल तरुल, मकै, साग सबै बाँदर, बनेल, दुम्सी, मृगले खाइदिने अनि उधिनेर जरैसंग उखालिदिने गरेको बताए। तिनले उक्त क्षेत्रमा चितुवाको पनि निकै रगरगी रहेको बताउदै घर पालुवा पशुहरू अघिको समयमा चितुवाले निकै बिगारेको पनि बताए। करबीर चिया बगान निवासी उदय दुमीले पनि वर्तमानमा जंगली जनावारको आतंक बढ़ेर गएको बताउदै गाउँमा चितुवाले बाख्रा, कुखुरा खाने घटनाहरू घटिसकेको, केही दिन अघि गाउँको एक व्यक्तिको घुरेनमा कालो चितुवा देखिएको बताए। तिनले वर्तमानमा चितुवाको डरले मानिसहरू रातिको समयमा एक्लै बाहिर निस्कन र हिँड़डुल गर्न छोड़ेको समेत बताए। यस प्रकार वर्तमानमा खरसाङ्को ग्रामीण क्षेत्रहरूमा जंगली जनावारको समस्याले मानिसहरू ग्रसित छन्‌‍ भने यी जनावरहरूको अतंकले पनि पिरोलिरहेका छन्‌‍। बाँदर, बनेल, दुम्सी, चितुवा जस्ता जंगली जनावारले सताएको कारण ग्रामीण क्षेत्रका कतिपय मानिसहरू आफ्नो बारीमा खेती गर्न छोड़ेको बताउछन्‌‍। कतिपय गाई-बाख्रा पालन गर्न छोड़ेको पनि बताउछन्‌‍। वर्तमानमा खरसाङ महकुमा क्षेत्रमा जंगल बढ़ेर गएको छ भने जंगल संगै जंगली जनावरहरू पनि बढ़ेर गएको छ। अघिका मानिसहरूले खेती गर्ने जमिनमा पनि वर्तमानमा जंगल बढ़ेकोले जंगल क्षेत्र गाउँ-बस्तीसम्म बढ़ेर गएको छ। अघिको समयमा खेती गरिने बारी रहेको स्थानमा अहिले सबै जंगल देखिन्छन्‌‍। यसरी घरको घुरेनसम्म जंगल बढ़ेपछि जंगली जनावरहरूलाई आवशीय क्षेत्रमा चलखेल गर्न सहज बनेको पनि मानिसहरू बताउछन्‌‍।

Share this news
आजको रोजाइ
खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

आजको रोजाइ