गोर्खा जनपुस्तकालयद्वारा 34 औँ नेपाली भाषा मान्यता दिवस पालन

Share this news

खरसाङ, (निसं)ः गोर्खा जनपुस्तकालयले 34 औँ नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो। पुस्तकालय भवनमा सम्पन्न यो कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष रवीन कुमार प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ महाविद्यालयका प्राध्यपक डा. योगेश खाती रहेका थिए अनि विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिका प्रशासनिक बोर्ड अध्यक्ष वृगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, मामरिङ तोऱ्योक उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक किरण तामाङ उपस्थित रहेका थिए। धुप-दीप प्रज्जवलन गरी आरम्भ गरिएको यो कार्यक्रममा दिवंगत भाषा संग्रामी, भाषा सेवीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनटको मौन धारण गरिएको थियो। कार्यक्रममा स्वागत भाषण पुस्तकालयका सचिव विनोद रसाइलीले राखेका थिए। कार्यक्रममा 6 जना कविहरूले कवि गोष्ठी सत्रमा कविता वाचन गरेका थिए भने यस गोष्ठीलाई प्रदीप शेर्पाले सञ्चालन गरेका थिए। गोष्ठीमा निरज थापाले कविता अनि नेपाली भाषा विषयमा वार्ता प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा सन्त जोसेफ कन्य़ा उच्चतर माध्यमिक विद्यालयकी वरिष्ठ शिक्षिका मिना लामा राई समर्पित भाषा शिक्षक सम्मान 2025 पुरस्कारले सम्मानित गरियो। तिनलाई प्रमुख अतिथि, विशिष्ट अतिथि अनि कार्यक्रम अध्यक्षको बाहुलीबाट साल ओड़ाएर अभिनन्दन पत्र अनि स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइयो। कार्यक्रममा बोल्दै प्रा. डा. योगेश खाताले भने, भाषा सामुदायिक शक्ति हो। लामो संघर्षपछि नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको हो। धेरै अग्रजहरूको संघर्ष, योगदान र बलिदानको फल हो नेपाली भाषाको संवैधानिक मान्यता। गोर्खा शब्दले समाजिक, राजनीति, संस्कृतिक चिन्हारी बुझाउँछ भने नेपालीले भाषिक र साहित्यिक स्थितिको प्रतिविम्ब गर्दछ। नेपाली र गोर्खा एक-अर्काका सम्पुरक शब्दहरू हुन्‌‍। नेपाली भाषाले संवैधानिक मान्यता पाएको छ। नेपाली भाषालाई जसले विदेशी भाषा भन्दैछन्‌‍, तिनीहरूले संविधान र राष्ट्रको विरोध गरिरहेका छन्‌‍। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वृगेन गुरुङले भने, नेपाली भाषा एउटा समृद्ध भाषा हो, यसको संरक्षण र सम्बर्द्धनमा हामी सबैले योगदान दिन पर्छ। खरसाङ नगरपालिकाले नेपाली भाषाको प्रयोग, यसको प्रचार प्रसार, सम्बर्द्धन र संरक्षणको निम्ति कार्य गरिरहेको छ। तिनले नेपाली भाषा प्रयोग, प्रचार प्रसार, संरक्षण र सम्बर्धनको निम्ति नगरपालिकाले गरिरहेको कार्यको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए। अध्यक्ष रवीन कुमार प्रधानले आफ्नो अध्यक्षीय भाषणमा नेपाली भाषा आन्दोलनको स्मरण गर्दै गोर्खा जन पुस्तकालयले नेपाली भाषाको प्रयोग, प्रचार प्रसार, संरक्षण र सम्बर्द्धनको निम्ति गरिरहेको कार्यको बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा खरसाङ क्षेत्रका साहित्याकार, भाषा प्रेमी, कवि, विभिन्न विद्यालयका शिक्षक-शिक्षिका अनि विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ