गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

Share this news

खरसाङ, (निसं): गोर्खा जनपुस्तकालय खरसाङको दुईजना आजीवन सदस्यको निधनमा बिहीवार श्रध्दाञ्जली सभा आयोजना गरिएको छ। उक्त श्रध्दाञ्जली सभा पुस्तकालयको उपाध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भएको छ। पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा पुस्तकालयको आजीवन सदस्यद्वय दिलिपकुमार बराइली र मेघदोर्जी मोक्तानको निधनमा दुई मिनटको मौन धारण गरेर दुवैलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। दुवैको परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै यो दु:खद घड़ीमा दुवै परिवारहरूलाई ईश्वरले सहने शक्ति प्रदान गरुन्‌‍ भनी प्रार्थना गरिएको छ। उक्त श्रध्दाञ्जली सभामा पुस्तकालयको दुईजना आजीवन सदस्यहरु दिलिपकुमार बराइली र मेघदोर्जी मोक्तानको निधनमा पुस्तकालयका वरिष्ठ सदस्यहरु क्रमैले तिलक शर्मा, जीबी बल, आईएन शर्मा, विनोदप्रकाश शर्मा, निर्मलकुमार गहतराज, प्रकाश प्रधान, विनोद रसाइली आदिले वक्तव्य राखेका थिए। यस क्रममा विश्वकर्मा समाज खरसाङ्का सभापति एवं पुस्तकालयको आजीवन सदस्य निर्मलकुमार गहतराज, पुस्तकालयको उपाध्यक्ष एवं जागृति परिवार खरसाङ्का सचिव प्रकाश प्रधान साथै सभाध्यक्ष कृष्ण पाण्डेले पनि वक्तव्य राखेका थिए। उल्लेखनीय छ, पुस्तकालयको आजीवन सदस्य दिलिपकुमार बराइलीको जन्म 16 मार्च 1954 सालमा भएको थियो भने मृत्यु गत 20 नोभेम्बर 2025 मा भएको थियो। उनी पूर्व खण्ड विकास युवा अधिकारी थिए भने विश्वकर्मा समाज खरसाङ्का सभापति एवं गोर्खा जनपुस्तकालय खरसाङ्को आजीवन सदस्य रहेका थिए। त्यसरी नै मेघदोर्जी मोक्तानको जन्म 18 जुलाई 1967 सालमा भएको थियो भने मृत्यु 21 नोभेम्बर 2025 मा भएको थियो। उनले 2003 मा डब्ल्युबीसीएस (जुडिसियल) को परीक्षा उत्तीर्ण गरेर जुडिसियल कार्यमा लागेका थिए। उनले पश्चिम बंगालको विभिन्न जिल्लाहरुमा मजिस्ट्रेट र सिभिल जजको रुपमा कार्य गर्दै आएका थिए। उनी वर्तमानमा अलिपुरद्वार जिल्लामा चिफ्‌‍ मजिस्ट्रेट एण्ड सहायक जर्जको रुपमा कार्यरत्‌‍ थिए। उनको निधन ह्रदयघातको कारणले उपचारको क्रममा दिल्लीमा भएको बताइएको छ। मेघदोर्जी मोक्तान एलडी मोक्तानका सुपुत्र हुन्‌‍। यस शोक सभामा गोर्खा जनपुस्तकालय खरसाङ्को सह सचिव गोमा सुब्बा, कोषाध्यक्ष उत्तमकुमार गुरुङ, अरुण लामा लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। उक्त शोक सभामा दुवै आजीवन सदस्यहरुका योगदान विषयमा वक्ताहरुले बताएका थिए। दुवै आजीवन सदस्यहरुलाई उपस्थित सदस्य सदस्यावर्गले श्रद्धाञ्जली अर्पण गरेका थिए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ