खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट

Share this news

खरसाङ, 12 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा एवं खेल मामिला विभाग, जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको सातौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियलय स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको सातौँ दिनको खेल शिनिवार प्रिमियर डिभिजन अन्तर्गत खरसाङ लिजण्ड अनि युकेएफसीमाझ खेलियो। यस खेलमा खरसाङ लिजण्डले 1 गोल गर्‍यो भने युकेएफसीका खेलाड़ीहरूले कुनै गोल गर्न सकेेनन्। यस खेलमा खरसाङ लिडण्डका खेलाड़ी चिराज थापाले छिराएका हुन्। यस प्रकार यो खेलमा खरसाङ लिजण्डले युकेएफसीलाई शुन्यको विरुद्ध 1 गोलले हराएको छ। दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत मकैबारी चुनाइटेड एफसी अनि युकेएफसीमाझ सम्पन्न भयो। यस खेलमा मकैबारीका खेलाड़ीहरूले 3 गोल गरे भने युकेएफसीका खेलाड़ीहरूले 2 गोल मात्र गर्न सके, यसरी यो खेल मकैबारी युनाइटेड एफसीले 2 गोलको विरुद्ध 3 गोल गरेर जितेको छ। शनिवारको दुवै खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू नितेश देवान, सुरेन गुरुङ, रेबिका प्रधान, सलमा राईले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा थिए भनी खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राईले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ