खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

Share this news

खरसाङ, (मोहन प्रसाद): खरसाङ महकुमा अस्पताल प्राङ्गणमा बिहीवार दिउँसो घटेको एउटा आगलागीको घटनाले क्षेत्रमा केही समयको निम्ति तनावपूर्ण स्थिति बन्यो भने उक्त घटनमा ठूलो कुनै हताहात भएन। बिहीबार दिउँसो लगभग 1 बजे खरसाङ महकुमा अस्पताल प्राङ्गणको लेबर रूम अनि पेइङ वार्ड भवनको पछिल्तिरको खुल्ला भागमा अस्पतालको पुरानो प्रयोगमा नरहेका बेडको तोसक वा गद्दाहरूको थाक रहेकोमा अचानक आगो लागेपछि क्षेत्रमा केही समयको निम्ति तनावपूर्ण स्थिति बनेको थियो। यस अवधि, स्थानीयहरूको सहयोगमा साथै खरसाङ अस्पतालका कर्मचारी अनि खरसाङ अग्नि शमन केन्द्रका कर्मीहरूको अथक परिश्रमपछि आगोलाई नियन्त्रणमा ल्याएर पूर्णरुपमा निभाइयो । प्राप्त जानकारी अनुसार, खरसाङ महकुमा अस्पताल नजिक रहेको श्री सेती देवी मन्दिरको संग्लग्न क्षेत्रका केहि मानिसहरूले अस्पताल परिसरमा राखिएको प्रयोगमा नरहेको तोसक वा गद्दाहरूमा आगो लागेको वा धुवाँ निस्किएको देखेपछि सम्बन्धितहरूलाई जानकारी गराए साथै अस्पतालका केहि कर्मचारीहरूसित मिलेर आगो निभाउने प्रयास गरेका थिए। यस अवधि, आगलागीको खबर सुन्न साथ खरसाङ अग्निशमन केन्द्रबाट दमकलकर्मीहरूको एउटा टोली एउटा पानीको ट्याङ्की वा फायर इन्जिन संगै घटनामा स्थलमा पुगेर आगो निभाउने कार्य गरे अनि सफलता पनि पाए। पुरानो तोसकहरूममा लागेको आगोमा कुनै ज्यान-मालको नोक्सान नभए पनि आगोको कुनै व्यापक ज्वाला नफैलिए पनि आगोको कालो धुवाँ अनि दुर्गन्धले त्यहाँ ओपीडी संग्लग्न क्षेत्रमा रहेको कतिपय बिरामीहरूलाई, स्थानीय मानिसहरूलाई साथै आगो निभाउनमा लागि परिरहेका दमकलकर्मीहरूले हानिकारक वा दुर्गन्धयुक्त धुवाँ झेल्नु पऱ्यो। पत्रकारहरूद्वारा सोधिएकोमा, खरसाङ महकुमा अस्पतालका सह-अधीक्षक कृष्ण घोषले जनाए अनुसार, हिज़ मात्र काम नलाग्ने अस्पतालको बेडको तोसक अस्पताल भवनको पछिल्लो खुल्ला भागमा राखिएको थियो। सम्भवत: ओपीडीमा आएको कुनै मानिस वा धुम्रपान, नशालु पदार्थ सेवन गर्नेहरूले चूरोट-बीड़ी खाएर फ्याँकि दिएकाले आगो लागेको हुन सक्छ। तिनले थप जनाए अनुसार, उक्त आगो एउटा सानो आगो थियो। अस्पतालकर्मीहरूले नै फायर स्टिङग्यूशरको प्रयोगमा प्रथममा आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए भने आगोले कुनै ठूलो रूप नलिओस्‌‍ भनेर दमकल केन्द्रलाई खबर गरिएको थियो भनी तिनले बताए। आगो सानो रहेकोले बिरामीहरूलाई कुनै समस्या नभएको दावी पनि तिनले गरेका छन्‌‍। घटनस्थलमा खरसाङ टाउन आउट पोस्ट पुलिस प्रभारी सागर प्रधान, खरसाङ ट्राफिक पुलिस एएसआई दीप विश्वकर्मा साथै पुलिस कर्मी औ सिविल भोलेन्टियरहरूको पनि उपस्थिति थियो। प्राप्त जानकारी अनुसार, उक्त घटनाले ठूलो रूप नलिए पनि खरसाङ अस्पतालका एकजना कर्मीको आगो निभाउने क्रममा एउटा खुट्टा सामान्य रूपमा जलेको छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ