खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

Share this news

खरसाङ,28 जून(निसं): खरसाङ महकुमा खेलकुद संघ अनि स्याङ्देन परिवारको संयुक्त आयोजना सम्पन्न भइरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ अनि शोभा तामाङ थापा स्मृति दुई दिवसीय क्यारम प्रतियोगिता आजदेखि प्रारम्भ भएको छ। यी सबै खेल खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भइरहेको छ। यस प्रतियोगिता एकल अनि युगल वर्गमा गरेर दुई वर्गमा भइरहेको छ भने एकल वर्गमा 28 जना प्रतियोगीहरु र युगलमा 9 जोड़ी प्रतियोगीहरूले भाग लिएका छन्। प्रतियोगिता शुरु हुन अघि दिवंगतको तस्वीरमा स्व. धर्मे तामाङकी पत्नी काइली तामाङ, खरसाङ चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा, खरसाङ महकुमा खेलकुद संघका सभापति मोहन योञ्जन, प्रमुख संरक्षक एसबी सुनवार, धर्मे तामाङका जेठा छोरा फूर्बा तामाङले खदा, धूप दीप प्रज्वलन गरेका थिए। त्यसपछि दिवंगत आत्माको शान्तिको निम्ति एक मिनटको मौन धारण गरियो। खरसाङ महकुमा खेलकुद संघको तर्फबाट स्याङ्देन परिवारका सदस्यहरुलाई खदा लगाई अभिवादन टक्राइएको थियो। कार्यक्रममा सभासद श्याम शेर्पाले क्यारम प्रतियोगिताको विधिवत उद्घाटन भएको घोषणा गरेका छन्। शनिवार प्रतियोगिताको प्रथम दिन क्वाटर फाइनलसम्मका खेलहरु खेलाइएको थियो। एकलमा आकाशवाणी खरसाङको बिपन आले, ललित शिवा अनि नकुल छेत्री र निखिल रावतले सेमी फाइनलमा स्थान बनाएको छ भने युगल वर्गमा प्रभास अनि पार्टनरको भिड़न्त बिपन अनि पार्टनरसित हुनेछ।त्यसरी नै दोस्रो सेमीफाइनलमा प्रमीर अनि पार्टनरको भिड़न्त याङ्गदन अनि पार्टनरसित हुनेछ। यी सबै सेमी फाइनल खेलहरू अनि फाइनल खेल 29 जून 2025 आईतवार हुने भएको छ। शनिवारको खेलको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उप सभापति फूर्बा घिसिङले विस्तृत जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन