खरसाङको चित्रेमा वन महोत्सव अन्तर्गत जिल्ला शासक र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट झोडा जीर्णोध्दार प्रोजेक्टको अनावरण

Share this news

खरसाङ, 3 जुलाई (हनोक): दार्जीलिङ जिल्ला प्रशासन र खरसाङ डिभिजन फरेस्टको आयोजनामा वन संरक्षण र जल स्रोतको संरक्षणको लागि बिहीबार खरसाङको चित्रेस्थित कालपोखरी सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन गरिएको छ। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र दार्जिलिङ जिल्ला शासक आईएएस डा प्रिति गोयलको बाहुलीबाट झोडा जीर्णोध्दार प्रोजेक्ट बोर्डको अनावरण गरिएको छ। यस अवसरमा उक्त सेकेमेण्डर झीलमा पूजा अर्चना गरेर वन संरक्षण र जल स्रोतको संरक्षणको लागि वृक्ष रोपणको कार्य पनि सम्पन्न गरिएको छ जसमा जिल्ला शासक डा प्रिति गोयल र जीटीए प्रमुख अनित थापाको संयुक्त बाहुलीबाट यस प्रोजेक्टको अनावरण गरिएको छ। यस अवसरमा जीटीए प्रमुख अनित थापा र जिल्ला शासक डा प्रिति गोयलले यहाँ वृक्ष रोपण कार्य पनि गरेका छन्। यसको साथै खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, डीएफओ आईएफएस देबेस पाण्डे, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री, सभासदहरु श्याम शेर्पा र नुरी शेर्पा, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरजा अनीश शाह, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत विभिन्न विभागका पदाधिकारीहरु साथै अन्यहरु उपस्थित भएर वृक्ष रोपण कार्यमा सहभागिता जनाएका थिए। यस प्रोजेक्ट विषयमा खरसाङ डिभिजन फरेष्टको डीएफओ आईएफएस देबेस पाण्डेले विस्तृत रुपमा जानकारी गराउँदै वक्तव्य राखेका थिए। यस अवसरमा स्वागत सम्भाषण र धन्यवाद ज्ञापन खरसाङ रेञ्जको रेञ्जर अफिसर सम्बर्दा साधुले राखेका थिए। यस अवसरमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ जिल्ला शासक डा प्रिति गोयलले पानी संरक्षणको विभिन्न विभागहरुसित मिलेर 40-45 वटा खोला, नाला, झोडाहरु संरक्षणको लागि जीर्णोध्दारको कार्य शुरु गरिएको जानकारी गराइन्। उनले यस कार्यको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएकी छन्। यस क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले पहाडमा पानीको स्रोतहरू घटेर गईरहेकोले यसको भरपाईमा ध्यानमा दिनुपर्छ भनी बताएका छन्। उनले भने, पानीको स्रोतहरूलाई संरक्षण गर्न सके भावी पिँढीले पानी पाउँछ। वन संरक्षण र जल संरक्षण गर्न सके भविष्यमा भावी पिँढीले पानी पाउँछ। यस विषयमा कमान बस्ती र गाउँ क्षेत्रमा पनि जल संरक्षण र झोडा नाला संरक्षण विषयमा मानिसहरुलाई तालिम दिन आवश्यक छ। यसतर्फ कार्य गरिदिने पनि अनुरोध छ।’पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकले वन विभागले जिल्ला प्रशासनसित मिलेर पानीको संरक्षणको लागि खोला, नाला र झोडा संरक्षण गर्नलाई काम गर्नको लागि साथै पानीको अभाव मेटाउनलाई नै पानीको स्रोत बढाउन र संरक्षण गर्न आवश्यक छ भनी बताएका छन्। उनले वर्षामा परेको पानीलाई पनि संरक्षण गर्न आवश्यक छ साथै पानीको संरक्षणको लागि सबैको सहयोग आवश्यक रहेको पनि बताएका छन्। उनले यस कार्यमा विभिन्न विभागहरूको सहभागिता रहेको बताएका छन्। 


Share this news
आजको रोजाइ
बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित