कोशीमा दाहालको सक्रियता, ओली किन पर-पर ? वैशाख ८, २०८२ पर्वत पोर्तेल

Share this news

विराटनगर — सत्ताको केन्द्र काठमाडौं भए पनि पछिल्ला केही समययता पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक दौडधुप पूर्वी नेपालमा केन्द्रित छ । जबकि संख्यात्मक रूपमा हेर्दा, माओवादी कोशीमा कमजोर देखिन्छ । प्रदेश सभामा १३ सदस्य, प्रतिनिधिसभामा चार सांसद र १ सय ३७ स्थानीय तहमध्ये १३ वटा प्रमुख पद मात्रै माओवादीको छ । तर गत मंसिरमा सम्पन्न उपनिर्वाचनमा कोशीबाट सन्तोषजनक नजिता हात लागेपछि दाहाल सत्ता बहिर्गमनको पीडा भुलेर ‘हौसिन’ थालेका हुन् । त्यसैको परिणाम हुनुपर्छ पाँच महिनामा दाहाल पाँचैपटक विराटनगर ओर्लिसकेका छन् ।

दाहालको पछिल्लो विराटनगर भ्रमण आइतबार विराटनगरमा थियो । माओवादी विराटनगर महानगर कमिटीको सम्मेलन तथा ‘हाम्रो मत’ दैनिकको २२औं वार्षिकोत्सव कार्यक्रममा सहभागी भएर उनी सोही साँझ काठमाडौं फर्किए ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दाहालले फागुनमा मात्रै तीनपटक विराटनगर भ्रमण गरेका थिए । फागुन २, ११ र १३ मा । यसअघि माघ ४ मा पनि उनले विराटनगर भ्रमण गरेका थिए । यसअघि फागुन १२ मा झापा आएका दाहालले ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ शुभारम्भ गरेका थिए ।सरकारबाट बाहिरिएपछि दाहाल कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम र पाँचथर जिल्लामा लगातार दौडधुप गरेका छन् ।

पुस १५ मा दक्षिणी झापाको गौरीगन्ज, माघ १४ मा तेह्रथुम–पाँचथर, र फागुन ४ मा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक पुगेका दाहालले तीव्र राजनीतिक गतिविधिका साथ सरकारविरुद्ध तिखा टिप्पणी गरेका थिए । १५ चैतको घटनापछि भने दाहाल दल र नेताहरुविरुद्ध ‘लोयल’ भएर प्रस्तुत हुन थालेका छन् । माओवादी कोशी प्रदेशका एक नेता भन्छन्, ‘सरकारबाट बाहिरिएपछि अध्यक्ष दाहाल प्रदेशकेन्द्रित भएका छन्, जसलाई हामीले पार्टी सुदृढीकरण अभियानका रूपमा लिएका छौं ।’

दाहालभन्दा ठिक विपरीत ओली भने पछिल्लो समय कोशी प्रदेशमा कमै सक्रिय देखिएका छन् । फागुनसम्म जम्मा तीनपटक विराटनगर ओर्लेका उनी औपचारिक कार्यक्रमबाहेक अन्य राजनीतिक वा सांगठनिक कार्यक्रमहरूमा अनुपस्थित रहे । फागुन २७ मा उनले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह र कोशी प्रदेशसभालाई सम्वोधन गर्न छोटो समय विराटनगर आएका थिए । त्यसयता भने उनको कोशी आगमन पातलिँदो छ ।

हालका केही महिनामा विराटनगरसहितका प्रमुख कार्यक्रममा उनी अनुपस्थित रहे । प्रेस चौतारीको केन्द्रीय महाधिवेशनदेखि विराट एक्सपोसम्म उनी निम्त्याइए तर, आएनन् । कोशी प्रदेश सरकारले गत चैत २६ मा तेह्रथुमको तीनजुरे-मिल्के-जलजले क्षेत्रबाट आरम्भ गरेको पर्यटन वर्षमा ओली आउन सकेनन् । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यक्रम उद्घाटन गरेका थिए । एमाले मोरङको जिल्ला अधिवेशनमा पनि उनलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो । तर, आएनन् ।

वैशाख १७–१८ गते आयोजना हुने पहिलो प्रदेश लगानी सम्मेलनमा पनि उनलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको छ । तर, उनी आउने या नआउने टुंगो छैन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने, ‘प्रधानमन्त्रीज्यु उद्घाटन या समापन दुईमध्ये एक दिन आउने सम्भावना छ ।’

प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यक्रममा भने सकभर सहभागी हुन्छन् । २३ मंसिरमा झापा ओर्लिएका उनी गृह जिल्लाका विभिन्न सभा, समारोहमा सहभागी बने । उनले त्यसैबेला हो दमक–३, दापगाछीस्थित १८ तले ‘भ्यु टावर’ उद्घाटन गरेको । तर उद्घाटन भएको ५ महिना बितिसक्दा पनि टावर सञ्चालन हुन सकेको छैन ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ