कोलकातालाई हराएपछि गुजरात शीर्षमा बलियो

Share this news

कोलकाता — कप्तान शुभमन गिलको प्रभावशाली इनिङ्सप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार कोलकाता नाइट राइडर्समाथि ३९ रनको जित पाएको छ । यससँगै गुजरातले शीर्षस्थानलाई थप बलियो बनाएको छ । ८ खेलमा गुजरातको यो छैटौं जित हो ।

गिलले ५५ बलमा ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले इडेन गार्डेन रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९८ रन बनाएको थियो । प्लेयर अफ द म्याच गिलले १० चौका र ३ छक्का प्रहार गरे । उनले ओपनिङ जोडी साइ सुदर्शनसँग १३ ओभरभित्र १ सय १४ रन जोडेका थिए ।

प्रतियोगिताका सर्वाधिक रनकर्ता सुदर्शनले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरी ५२ रन बनाए । जोस बटलरले २३ बल खेलेर ९ चौकासहित ४१ रनमा अविजित रहे । शाहरूख खानले ५ बलमा अविजित ११ रन बनाए । कोलकाताका वैभव अरोरा, हर्षित राना र एन्ड्रे रसेलले १–१ विकेट लिएका थिए ।

अजिन्क्या रहानेले ५० रन बनाए पनि कोलकाताले ८ विकेट गुमाई १ सय ५९ रनमात्र बनाउन सक्यो । क्विन्टन डी ककको स्थानमा ल्याइएका रहमनुल्लाह गुरबाजले १ रनमात्र बनाउन सके । सुनिल नारिनले १७, वैंकटेश ऐरले १४, रिंकु सिंह १७ र रसेलले २१ रन बनाए । कप्तान रहानेले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । अंगकृष रघुवंशीले १३ बल खेल्दै ३ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे ।

गुजरातका लागि सर्वाधिक विकेटकर्ता प्रसिद्ध कृष्ण र रशिद खानले २–२ विकेट लिए । दुवैले ४ ओभरमा समान २५ रन खर्चेका थिए । मोहम्मद सिराज, इशान्त शर्मा, वासिङ्टन सुन्दर र साइ किशोरले १–१ विकेट लिए । कोलकाताको ८ खेलमा यो पाँचौं हार हो ।


Share this news
आजको रोजाइ
अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन