खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनले 26 प्रशिक्षार्थीलाई बेल्ट प्रदान गऱ्यो

Share this news

खरसाङ, (निसं)ः खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनले बेल्ट वितरण कार्यक्रम सम्पन्न गरेको छ। खरसाङ्को सुपर मार्केटस्थित सार्वजनिक भवनमा सम्पन्न भएको एक कार्यक्रम बीच प्रशिक्षार्थी लवाङ गोले, संस्कृति तामाङ, अरभ प्रसाद, प्रितम थापा, प्रिसा तामाङ, रक्षा थापा, सुमिरण लिम्बु, कविता गहतराज, सिरस मग्रातीलाई यल्लो बेल्ट, समृद्धि सुब्बा, कार्तिक छेत्री, इया छेत्री, अणुश्री छेत्री, अक्षय गुप्ता अनि प्रशंसा खातीलाई ओरेञ्ज बेल्ट, निमिसा तामाङ अनि रिया राउतलाई सेमी ग्रीन, रियाज प्रधान अनि नरुपमा चौधरीलाई ग्रीन बेल्ट, स्नेहा गुरुङ, कृतिमा प्रधान, रिपचर लेप्चा, आस्था छेत्री, सुचित छेत्रीलाई ब्लू बेल्ट, गौरव राउतलाई ब्ल्याक बेल्ट प्रदान गरियो। कार्यक्रममा खेलो इण्डिया किक्‌‍ बक्सिङ लिगमा स्वर्ण पदक विजेता 3 खेलाड़ी, रजत पदक विजेता 5 खेलाड़ी अनि काँस्य पदक विजेता 4 खेलाड़ीलाई पनि कार्यक्रममा स्मृति चिन्ह अनि सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयो। बेल्ट वितरण कार्यक्रमको आरम्भ कार्यक्रममा उपस्थित अतिथिहरू खरसाङ चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा, खरसाङ ब्याटमिन्टन एसोसिएशनका अध्यक्ष एवं युवा शक्ति खरसाङ महकुमा समिति अध्यक्ष प्रेमेन्द्र गुरुङ, एसोसिएशनका मुख्य सल्लाहकार टीटी लामाको बाहुलीबाट मैन बत्ती बालेर गरिएको थियो। कार्यक्रममा बोल्दै सभासद्‌‍ श्याम शेर्पाले खेलकुदमा बाल-बालिका, किशोर-किशोरीहरूलाई संलग्न गराउन अति आवश्य छ भन्दै खरसाङ्मा किक्‌‍ बक्सिङ एसोसिएशन अनि अन्य संघ-संस्थाहरूले बाल-बालिका, किशोर-किशोरी अनि युवाहरूलाई अग्रसर गराएर राम्रो कार्य गरिरहेको बताए। तिनले समाजलाई अघि लैजाने कुनै पनि असल कार्यमा आफूले सहयोग गर्ने बताउदै बेल्ट प्राप्त गर्ने प्रशिक्षार्थीहरू अझ अघि बढ़ेर जानु पर्ने बताए। प्रेमेन्द्र गुरुङले वर्तमानमा किशोर-किशोरी अनि युवा पिँढ़ीलाई कुलत, कुसंस्कार, मदपान र नशापानबाट जोगाउन अति आवश्य रहेको बताउँदै यस प्रकारको खेलकुदले किशोर-किशोरी अनि युवाहरूलाई कुलत, कुसंस्कार, नशाबाट टाड़ा बस्नको निम्ति ठूलो भूमिका निभाउने बताए। तिनले खेलकुदको कार्यक्रमलाई जति सक्दो अघि बढ़ाएर लैजानु पर्ने, यस कार्यलाई सबैले प्रोत्साहन प्रदान गर्नु पर्ने बताए। कार्यक्रममा खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनका अध्यक्ष रामभज शर्मा, सचिव विजय राउत, वरिष्ठ प्रशिक्षक ग्याब्रियल लेप्चा अनि अन्यान्य उपस्थित रहेका तिए।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

आजको रोजाइ