‘काठमाडौं इन्टरनेसनल गीतार फेस्टिभल २०२५’ हुँदै

Share this news

काठमाडौँ — वेभ हस्पिटालीको आयोजनामा आगामी जेठ ९ र १० मा ‘काठमाडौं इन्टरनेसनल गीतार फेस्टिभल २०२५’ हुँदैछ । ६ विदेशी संगीतकर्मीसँगै गीतारिस्ट किशोर गुरुङले बसुन्धरास्थित ग्लोबल म्युजिक कन्जरभेटरीमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिनेछन् ।

कार्यक्रममा जर्मनी, इरान, थाइल्यान्ड, लिचेस्टाइन, अमेरिका, फ्रान्सका संगीतकर्मीले क्लासिकल गीतारमाथि ‘इन्ट्रुमेन्टल’ प्रस्तुति दिनेछन् । प्रस्तुतिसँगै विदेशबाट आएका संगीतकर्मीबाट ‘मास्टर क्लास’ पनि आयोजना गरिने तयारी छ । संगीतका विद्यार्थीलाई क्लासिकल गीतारमा तिखार्न पनि यो मास्टर क्लास संचालनमा आउने किशोरले बताए ।

‘प्रस्तुतिका लागि नेपाल आइपुग्ने सबै गीतारिस्टहरु अवार्ड जितिसकेका संगीतकर्मीहरु हुन्,’किशोरले भने,’खासमा अहिले उनीहरु प्रस्तुति दिँदै थाइल्यान्ड आइपुग्दै छन् । त्यसैले पनि उहाँहरुलाई नेपाललाई निमन्त्रणा दिएँ ।’

दुई दिनसम्म आयोजना हुने कार्यक्रममा प्रत्येक दिन चार कलाकारले प्रस्तुति दिनेछन् । किशोरका अनुसार उनीहरुले दुई घण्टाको प्रस्तुति दिनेछन् । यी संगीतकर्मीलाई नेपाल ल्याउने तयारी पछिल्लो १ वर्षदेखि नै भएको थियो ।

यही कार्यक्रममा किशोरले १५ वर्षपछि क्लासिकल गीतार समाउँदै प्रस्तुति दिनेछन् । यसबीच ‘फोकल डिस्टोनिया’ भएपछि किशोरले यसरी देश/विदेशमा प्रस्तुति दिन छाडेका थिए ।’

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ