कवि विकास गोतामेलाई विभिन्न साहित्यिक संघ-संस्थाले स्मरण गर्दैछन्

Share this news

खरसाङ,28 जुलाई(निसं): अहिले कवि विकास गोतामेलाई विभिन्न साहित्यिक संघ-संस्था, कवि, साहित्यकारहरूले स्मरण गरिरहेका छन्‌‍। विकास गोतामेले नेपाली साहित्य अनि गोर्खा जातिप्रति दिएका योगदानलाई स्मरण गरिरहेका छन्‌‍। कवि गोतामेको जन्म जयन्ती, स्मरण दिवस पालन गर्न अरम्भ गरिएको छ। 28 जुलाईको दिन ऋषिहाटको सञ्जा मेमोरियल स्कूलमा कवि विकास गोतामेको 73औँ जन्म जयन्ती पालन गरिएको जानकारी प्राप्त भएको छ। अम्बर राईको अघ्यक्षतामा यस कार्यक्रममा कार्यक्रम अध्यक्ष, स्कूलका प्रिन्सीपल, शिक्षिका-हरूको बाहुलीबाट कवि विकास गोतामेको तस्वीरमा धुप-दीप प्रज्जवलन गरी माल्यार्पण गरेर कार्यक्रमको आरम्भ गरिएको थियो। कार्यक्रममा दिनेश कुमार राईले विकास गोतामेको जीवनी पठन गरेका थिए। शिक्षक-शिक्षिका सबैले यस जनवादी कविको कविता पठन गरेर विद्यार्थीहरूलाई सुनाएका थिए। तुलसी थापा, दिनेश कुमार राई, झरनाले कवि गोतामेको चर्चित कविता म सबैलाई सोध्छु पैसाले किन पुग्दैन शीर्षक कविता समूहमा पठन गरेका थिए। कार्यक्रममा सिद्वार्थ तामाङले सानो रुपमा भए पनि कविलाई श्रद्धाञ्जली अर्पण गर्नु पाउदा आफूलाई भाग्यमानी ठानेको बताए। कार्यक्रममा अध्यक्षले सबैलाई धन्यवाद दिएका थिए। स्मरण गराइन्छ, कवि विकास गोतामेको जन्म मङ्पूको सिन्कोना बगानमा सन्‌‍ 28 जुलाई 1952 मा भएको थियो। तिनको निधन 14 जनवरी 1992 मा 40 वर्षको अल्पायुमा भएको थियो। विकास गोतामेलाई समालोचकहरूले क्रान्तिकारी, जनवादी, जुझारु कविको रुपमा बताएका छन्‌‍। तिनले 8 वटा जति कविता अनि गीत संग्रह नेपाली साहित्यलाई छोड़ेर गएका छन्‌‍। तिनको धेरै कविता लेखादि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्‌‍।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ