कर्मी भूमि संरक्षण कमिटीद्वारा भानु जयन्ती अनि सम्मान कार्यक्रम

Share this news

नेजी, 15 जुलाई(निसं):कर्मी भूमि संरक्षण कमिटी-द्वारा नेजी समाज भवनमा आदिकवि भानुभक्त आचार्यको 211औं  जन्म जयन्तीसँगै सम्मानको कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रमको दिन पुल-बिजनबारी-गोक समष्टि सभासद भूपेन्द्र छेत्री प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने सभापति शिक्षक मोतीलाल शर्मा अनि विशिष्ट अतिथीहरु गोक-एक ग्राम पञ्चायतका समिती सदस्य नन्दिता राई, वार्ड सदस्य रेखा लिम्बू, समष्टि सचिव विनय सुब्बा, अधिवक्ता अमृत मादेन, राजकुमार लामा, भीम सुब्बा आदि उपस्थित थिए। हर्कराज राईद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि भूपि छेत्रीले हामीले आफ्नो कर्म ठीक गर्नु पर्छ जुन कर्मले हामीलाई अमर बनाएर लैजान्छ भनि बताए। भानु जयन्तीको अवसरमा समाजका वयोवृद्ध नागरिकहरुलाई कमिटीको पक्षबाट सम्मान गरेको खण्डमा सभासद छेत्रीले हर्ष अनि आभार प्रकट गरे। एनटीपीसी-ले जुन हाईडल प्रोजेक्ट नेजी क्षेत्रमा निर्माण गरेको छ यसमा कम्पनीले पनि क्षेत्रको विकासको निम्ति पुरा सहयोग गर्नु पर्ने उनले बताए। यसरी नै कर्मी भूमि संरक्षण कमिटीका सभापति मोतीलाल शर्माले सम्पूर्ण महानुभवहरु प्रति आभार प्रकट गर्दै भानु जयन्ती अनि आदिकवि भानुभक्त आचार्यबारे प्रकाश पारे। भाषा साहित्य हाम्रो जातिको निम्ति अस्तित्व र पहिचान हो भनि शर्माले जनाउँदै आफ्नो भाषा साहित्य संस्कृति प्रति सबै जागरुक अनि सचेत हुनु पर्ने उनले जनाए। यसदिन कवि प्रितम मैनाली, कमल भण्डारी लाई स्मृति चिन्ह प्रदान गरेर सम्मान गरियो भने वयोवृद्ध नागरिकहरु पत्थरमान राई, माकबीर सुब्बा,रणबीर सुब्बा,रणबहादुर छेत्री,धन बहादुर राई, जैसरी राई, धन बहादुर क्षेत्री, प्रेम माया राई,चन्द्र बहादुर सुब्बा आदिलाई टोपी  अनि दोसल्ला ओढाएर सम्मान जनाईयो।


Share this news
आजको रोजाइ
delhi-bomb-blast-red-fort

लालकिल्ला नजिक कारमा विस्फोट: अहिले सम्म थाहा भएको विवरण

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

आजको रोजाइ