इल्टाले सय वर्षको कार्यकाल पुरा गरेको अवसरमा संगठनका विशिष्ट व्यक्तिहरू सम्मानीत

Share this news

खरसाङः इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशन (इल्टा) खरसाङ शाखाले सामाजिक कार्य गर्ने विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाएको छ। मुतन्चि रोङ सेजुम (इल्टा) ले 1 सय वर्षको सामाजिक कार्यकाल पुरा गरेको अवसरमा खरसाङको गोर्खा जन पुस्तकालय भवनमा सम्पन्न भएको एक कार्यक्रममा यी व्यक्तिहरूलाई सम्मान जनाइएको हो। खरसाङका अन्तिम लेप्चा राजा तार्वे पनो, स्वतन्त्रता सेनानी हेलेन लेप्चा तथा सावित्री देवीको स्मरणमा आयोजना गरिएको यस कार्यक्रमको आरम्भमा मुख्य अतिथि इल्टाका अध्यक्ष दोजी हुलुङ्मु लेप्चाको बाहुलीबाट खरसाङका दुई विभूति लेप्चा राजा तार्वे पनो र सेनानी हेलन लेप्चा (सावित्री देवी) को तस्वीरमा ख

दा अर्पण गरी धुप-दीप प्रज्जवलन गरिएको थियो। कार्यक्रममा खरसाङका अन्तिम लेप्चा राजा तार्वे पनोको जीवनी छिरिङ लेप्चाले पठन गर्दै खरसाङमा तिनको अस्तित्वको बारेमा बोध गराएका थिए। स्वतन्त्रता सेनानी हेलेन लेप्चा (सावित्री देवी) को जीवनी लासाङ लेप्चाले विस्तृत रुपमा राखेका थिए। कार्यक्रमका विशिष्ट अथिति टेन्टुप छिरिङ लेप्चा, चेङा छिरिङ लेप्चालाई इल्टा सेजुम खरसाङ्को तर्फबाट मुख्य अतिथिको बाहुलीबाट अंगवस्त्र अर्पण गरेर सम्बर्धना पत्र प्रदान गरी सम्बर्धना जनाइएको थियो। कार्यक्रममा उल्लेखयोग्य सामाजिक कार्य गरे वापत सेजुम केन्द्रीय समितिका कार्यकर्ताहरूलाई तिनीहरूको कार्यको कदर गर्दै सम्मान जनाइयो। सम्मानीत व्यक्तिहरू दोजी टी हुलुङ्मु लेप्चा, रुमदेन सिमिकमु लेप्चा, थुपदेन लेप्चा, युसुफ सिमिकमु लेप्चा रहेका थिए। सम्मानीत व्यक्तिहरूलाई प्रदान गरिएको सम्मान पत्र लासाङ लेप्चा अनि रन्यु दावामित लेप्चाले पठन गरेका थिए। इल्टाका ठिपन दोजी टी हुलुङ्गु लेप्चाले आफ्नो सम्बोधनमा खरसाङ सेजुमलाई यस कार्यक्रमले हाम्रो राजा तार्वे पनो (गोल्मा राजा) र हेलेन लेप्चा (सावित्री देवी) लाई फेरि जीवित राख्ने प्रयास गरेको छ भनी बताए। तिनले हमी भाषा मान्यताको निम्ति काम गरिरहेका छौँ भनी बताउदै यहाँ हामी जन्मेका छौँ, त्यहाँ हाम्रा नानीहरूले आफ्नो भाषामा पठन-पाठन गर्न पाएका छैनन्‌‍। जब कि दार्जीलिङ, कालेबुङ भेगमा नेपाली, भुटिया, बङ्गाली, उर्दू पढ़ाइन्छ तर हाम्रा नानीहरूले हाम्रो भाषामा पढ़न पाएका छैनन्‌‍। हाम्रा नानीहरूले पनि लेप्चा भाषा पढ़न पाउनु पर्छ। यसैले सरकारको एक तर्फे नीतिको हामी विरोध गर्छौँ भने। यस कार्यक्रममा इल्टा केन्द्रीय समिति कालेबुङ्का अध्यक्ष दोजी टी हुलुङ्मु लेप्चा, सचिव रुमदेन सिमिकमु लेप्चा, कोषाध्यक्ष थुपदेन लेप्चा, कालेबुङ जिल्ला संयोजग रेङ्जी ओङदेन लेप्चा, दार्जीलिङ जिल्ला संयोजक कालदेन लेप्चा, सुके क्षेत्रका अध्यक्ष साङ्गे दोर्जे लेप्चा, दार्जीलिङ्का युवा संयोजक निशाल लेप्चा, सिटोङ सेजुमका प्रतिनिधिगण अनि विभिन्न स्थानका प्रतिनधिगणको उपस्थिति रहेको थियो। देवा लेप्चाको अध्यक्षतामा सम्पन्न भएको यो कार्यक्रमलाई रेन्यु दावामित लेप्चाले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ