राज्य सरकारको प्रकल्प आमादेर पाड़ा, आमादेर समाधान आगामी 7 अगस्तदेखि खरसाङमा

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको पहलमा राज्य भरिनै जनमानस संगै गाउँ समाजलाई सशक्त बनाउन साथै स्थानीयहरूको सहभागितामा गाउँ-घरको विभिन्न समस्यालाई समाधान गर्ने उद्देश्यले राज्य सरकारले एउटा नयाँ योजना आमादेर पाड़ा, आमादेर समाधान (हाम्रो गाउँ, हाम्रो समाधान) योजना शुरू गरेको छ। उक्त योजना अन्तर्गत राज्यको प्रत्येक बुथलाई 10 लाख रुपियाँको बजेट आवन्टन गरिने भएको छ । उक्त राशिले सम्बन्धित बूथका नागरिकहरूले आफ्नो क्षेत्रको आवश्यकता वा विभिन्न सामाजिक कार्य अथवा समस्याहरू आफैले छनौट गरेर कार्यन्वयन सुनिश्चित गर्न सक्नेछन्‌‍। खरसाङ महकुमा अनि खरसाङ सूचना एवं संस्कृति विभागबाट प्राप्त जानकारी अनुसार, उक्त योजना देशको सबैभन्दा ठूलो जन सहभागी बजेटहरू मध्ये एक मानिएको छ। उक्त योजनालाई लिएर श्रृखलावद्ध शिविरहरूको आयोजन हुनेछ । उक्त शिविरमा द्वारे सरकारको पनि हेल्प डेस्क राखिने छ, भनी जानकारी पाइएको छ। खरसाङ्मा खरसाङ नगरपालिका अन्तर्गत सन्त जोसेफ प्राथमिक पाठशालामा आगामी 16 अगस्तमा बूथ संख्या 187 र 188 वार्ड नम्बर 2 अनि 3 को निम्ति शिविर राखिने छ भने आगामी 7 अगस्तमा त्रिशुली संघमा बूथ नम्बर 189, 190, 191 वार्ड नम्बर 4 अनि 5 को निम्ति शिविर राखिने छ। त्यसरी नै आगामी 19 अगस्तमा स्नो भ्यू स्काउट्स भवनमा बूथ संख्या 210, 211, 212, 213 वार्ड नम्बर 19, 14, 20 को निम्ति शिविर रहने छ । 23 अगस्तमा मन्टभियट रोडको गडविन मोर्डन स्कूलमा बूथ संख्या 192, 193, 197 वार्ड नम्बर 9, 10 को निम्ति शिविर चयन गरिएको छ। यसैगरी 25 अगस्त पार्क लोकेशनको सार्वजनिक भवनमा बूथ संख्या 194, 195, 196 वार्ड नम्बर 11, 13 को निम्ति, 29 अगस्तको दिन गोर्खा जनपुस्तकालय भवनमा बूथ संख्या 198, 199 वार्ड नम्बर 12, 15 को निम्ति, 2 सेप्टेम्बर सुबेदार बस्ती ग्राम सुधार समिति हलमा बूथ संख्या 208 वार्ड नम्बर 16, 4 सेप्टेम्बर स्थानीय सार्वजनिक भवनमा वार्ड नम्बर 8 बूथ संख्या 200, 201, 6 सेप्टेम्बर राज राजेश्वरी हलमा बूथ संख्या 202, 203, 204 वार्ड नम्बर 7, 8, एवं 13 सेप्टेम्बर डीएफओ कार्यालय बूथ संख्या 205, वार्ड नम्बर 1, 11 सेप्टेम्बरको दिन नयाँ बजार सार्वजनिक भवन, बूथ संख्या 206, 207, 209 वार्ड नम्बर 17 को निम्ति चयन गरिएको छ। उक्त योजना अन्तर्गत जल निकासी. जल आपूर्ति, स्ट्रीट लाइट, सामुदायिक शौचालय, आईसीडीएस केन्द्रको विकास, प्राथमिक विद्यालयको विकास, तालाब अनि जल निकाय, फोहोर-मैला प्रबन्धन, सार्वजनिक स्थानको विकास, बाज़ारको विकास, ़सांस्कृतिक वा सामाजिक अवसंरचनाको विकास, सार्वजनिक परिवहन वा सुगमता, हरित अवसंरचना, विद्युत कार्य, सड़क साथै अन्यन्या कार्य गर्न सकिनेछ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान