आउँदैछ ‘पञ्चायत’ को सिजन ४, जितेन्द्र कुमार छन् कि छैनन्?

Share this news

काठमाडौँ — ‘पञ्चायत’ भन्नेबित्तिकै गाउँको हाँसो ठट्टा, झगडा, राजनीति र दिल छुने कथा याद गर्छन् दर्शकले । नेपाली दर्शकले पनि खुब रुचाएको यो भारती वेब सिरिजको नयाँ सिजन, पञ्चायत-४ ले आफ्नो प्रदर्शन मिति तोकेको हो ।

‘पञ्चायत सिजन ४’ जुलाई २ मा प्राइम भिडियोमा रिलिज हुने भएको हो। सिरिजले आफ्नो पाँचौं वर्ष पूरा गरेको खुसियालीमा सिरिजको टिमले औपचारिक रूपमै एक भिडियो सार्वजनिक गरी यो सूचना दिएका हुन्।

सिरिजको प्रदर्शन मिति बाहिरिएसँगै भार्त र नेपालमा पनि सिरिजका प्रशंसकहरू व्यग्र प्रतीक्षामा छन्। सिरिजका नियमित दर्शकहरू चौथो सिजनमा को–को होलान् भन्नेमा चासो देखाइरहेका छन्।

सिरिजको चौथो सिजनमा मनोरन्जनको किंग भनेर चिनिने रघुवीर यादव, नीना गुप्ता, चन्दन रोय, फैसल मलिक, दुर्गेश कुमार, सान्विकालगायत पुराना सबै कलाकार रहनेछन्। साथै, दर्शकहरूको मुख्य चासो अभिषेक त्रिपाठी उर्फ् जितेन्द्र कुमारका लागि देखिन्छ। चौथो सिजनमा पनि जितेन्द्र कुमारलाई दर्शकले देख्न पाउने सिरिज टिमले जनाएको हो।

सिरिजलाई ‘द वायरल फीभर’ले निर्माण गरेको हो भने चन्दन कुमारको लेखनमा दीपक कुमार मिश्र र अक्षत विजयवर्गीयले निर्देशन गरेका हुन्।

जितेन्द्र कुमारको पात्र अभिषेक अझै पनि उत्तरप्रदेशको फूलेरामै छन् कि कुनै नयाँ झमेलामा? राजनैतिक ट्विस्ट आउँछ कि प्रेम कथा? दर्शकहरूले जुलाई ४ सम्म धैर्य गर्नैपर्ने भएको छ ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन