अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषदले गुरुङ गुरुङ भाषाको शिक्षा दिने

Share this news

खरसाङ, 21 जुलाई (निस): अखिल भारतीय गुरुङ तमु बौद्ध सङ्गठन अम्बोटिया शाखाको सभा सम्पन्न भयो। अनुप गुरुङ्को सभापतित्मा सम्पन्न यो सभामा अखिल भारतीय गुरुङ तमु बौद्ध संगठनका केन्द्रीय समिति सभापति आनन्द तमु मुख्य अतिथि अतिथिको रुपमा उपस्थित रहेका थिए भने खरसाङ महकुमा समितिका अध्यक्ष केबी गुरुङ, सचिव सुधीर गुरुङ, सल्लाहकार सरस्वती गुरुङ, महकुमा समिति सदस्य प्रणिता गुरुङ, रतन गुरुङ विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए । सभामा स्वर्गीय रामाचन्द्र गुरुङ्की माता 95 वर्षीय वृद्धा सदस्या मनसरी गुरुङलाई उनको दिर्घायुको कामाना गर्दै सम्मान जनइयो। मनसरी गुरुङलाई केन्द्रीय समिति सभापति आनन्द तमुले साल ओड़ाएर सम्मान जनाए। उक्त सभामा आर्थिक सर्वेक्षणको फारम गुरुङ सदस्यहरूले शीघ्र भरेर केन्द्र समितिलाई बुझाउनुपर्ने जानकारी गराइयो। अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषदले गुरुङ समुदायका सदस्यहरूलाई गुरुङ भाषाको शिक्षा दिने क्रम जारी रहेको अवगत गराउँदै यसमा सहभागी हुन पर्ने विषयमा जोर दिइयो। आगामी 24 र 25 सेप्टेम्बरमा काठमाण्डौमा अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषदको सभा हुने जानकारी पनि सभामा गराइयो। खरसाङ महकुमा समितिका सभापति केबी गुरुङले जनजातिको निम्ति हामी एक मुष्ट भएर कार्य गर्नु पर्ने बताउदै गत ल्होसार पर्वमा वृदा मनसरी गुरुङलाई प्रदान गरिएको मायाको चिन्ह आज यस सभामा हस्तान्तरण गर्न पाउँदा खरसाङ महकुमा समिति गौरवान्वित भएको बताए। सभाले रोधीको जिम्मेवारी बसन्ती गुरुङलाई प्रदान गरियो। सभाको सञ्चालन शंकर गुरुङले गरेका थिए भने शाखाका सचिव प्रकृति गुरुङले सचिवको रिपोर्ट पेश गरेर गरेका थिए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ