अनन्त शर्मालाई एमएससी भौतिक विज्ञानमा मिजोरम युनिभर्सिटीबाट गोल्ड मेडल प्राप्त

Share this news

खरसाङ, (निसं): खरसाङ निवासी अनन्त शर्माले वर्ष 2025 मा मिजोरम युनिभर्सिटीबाट एमएससीभौतिक विज्ञानमा गोल्ड मेडल प्राप्त गरेका छन्‌‍। खरसाङ्को डाउहिल रोडस्थित गुरुकुल आश्रम (खरसाङ कलेज नजिक) निवासी पिता विक्रम शर्मा दाहाल र माता नेत्रा शर्मा दाहालको सुपुत्र अनन्त शर्माले मिजोरम युनिभर्सिटीबाट यसपाली भौतिक विज्ञान विषयमा एमएससीमा युनिभर्सिटी टप गरेर मेडल जित्न सफल बनेका छन्‌‍। उनले भौतिक विज्ञानमा एमएससीमा 84.93 प्रतिशत अंक ल्याएर युनिभर्सिटी टप गर्दै गोल्ड मेडल जित्न सफल बनेका हुन्‌‍। आनन्द शर्माले दशौँ श्रेणीसम्मको पढ़ाई खरसाङ्को सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए भने एघारौँ र बाह्रौँ श्रेणीसम्मको पढ़ाई खरसाङ्को पुष्परानी उच्चत्तर माध्यमिक बिद्यालयमा गरेका थिए। उनले विज्ञान विषयमा स्नातक तहसम्मको अध्ययन दार्जीलिङ्को सन्त जोसेफ कलेजमा गरेका थिए। खरसाङ निवासी आनन्द शर्माको यो उपलब्धिमा सबैले बधाई टक्राएका छन्‌‍ भने उनले खरसाङ लगायत सम्पूर्ण पहाड़लाई नै गौरवान्वित तुल्याएका छन्‌‍।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ