अझ पनि बीएलओहरूले एसआईआरको फारम बुझाउने कार्य सिद्ध्याएका छैनन्

Share this news

खरसाङ, (निसं): खरसाङ अनि वरिपरि क्षेत्रका धेरै बीएलओहरूले आफ्नो बुथका मतदाताहरूको एसआईआरको फारम बुझाउने काम सिद्ध्याएका छन्‌‍ भने कतिपय बीएलओहरूको अझ पनि काम पुरा भएको छैन। एसआईआरको फारम भर्ने प्रक्रिया 4 नोभेम्बरदेखि शुरु भएर 4 दिसम्बर समाप्त हुने भए तापनि मतदाताहरूबाट फारम प्राप्त गरेर अनलाईन अपलोड पनि गर्न पर्ने भएकोले सबै बीएलओहरूलाई अन्तिम मिति नपर्खेर जति सक्दो चाँड़ो फारम प्राप्त गरेर अनलाईन अपलोड गर्न भनिएको थियो। यसो हुँदा कतिपय बीएलओहरूले 25 नोभेम्बर सम्ममा आफ्नो कार्य सिद्ध्याइसकेका थिए। 163 बुथ संख्या अनि भाग संख्या 4 का बीएलओ सरेन्द्र राईले 26 नोभेम्बरसम्म सबै मतदाताबाट एसआईआरको फारम प्राप्त गरेर अनलाईन अपलोड गरिसकेको बताएका छन्‌‍। तिनले भने, एसआईआरको फारम भर्ने प्रक्रियामा निकै मेहनत गर्नु पऱ्यो। हामीले बिहानदेखि बेलुकासम्म काम गऱ्यौँ। मतदाताहरूको घर-घरमा पुग्यौँ। धेरैलाई फारम फर्नलाई सहयोग गऱ्यौँ। एसआईआरको फारम भर्ने प्रक्रियाको अवधिमा हामीले निकै कामको चाँपको अनुभव गऱ्यौँ। तर हामीले आफ्नो कर्तव्य सम्झेर इमान्दारी पूर्वक काम गऱ्यौँ र मैले 26 नोभेम्बरसम्म सबै मतदाताको फारम अनलाईन अपलोड गरिसकेँ। तिनले कतिपय मतदाताहरू पुस्तादेखि यहाँ बस्दै आएका भए तापनि एसआईआरको लिस्टमा तिनीहरूको नाम नरहेको पनि बताए। तिनले भने, कतिपय मतदाताहरू पुस्तौँदेखि यहाँ बस्दै आएका छन्‌‍, त्यो कुरो हामीलाई थाहा छ तर एसआईआरको लिस्टमा तिनीहरूको नाम पाइएन। अनलाईन अपलोड गर्दा कतिपयको रिकर्ड भेटिएन। कतिपयको फारम र अनलाईनको विवरण नमिलेको पानि पाइयो। तिनले भने, यस्ता कुराको निम्ति मतदाताहरूले सुर्ताउन पर्ने आवश्यकता छैन। मतदाताहरूले बुझाएको फारमको भेरिफिकेशन हुन्छ, त्यसपछि समस्या रहेका मतदाताहरूलाई तिनीहरूको कागज पत्र बुझाइउन भनिने छ। सूचीमा दिइएको कागज पत्रहरू मध्ये कुनै एक वा दुई बुझाइएको खण्डमा समस्याको समाधान हुन्छ। राईले आफ्नो बुथमा जम्मा 23 जना एसआईआर प्रक्रियाबाट बाहिरिएको बताउदै ती 23 जनामा 12 जना मृतक रहेको र 11 जना अन्यत्र बसाइ सरेर गएको बतए। अर्का एक बीएलओले आफ्नो परिचय नखुलाइने सर्तमा भने, मेरो बुधमा जम्मा 9 सय 10 जनाको एसआईआर सूचीमा नाम छ। ती मध्ये अहिलेसम्म मैले 34 जनाको फारम प्राप्त गर्न सकेको छुइन। अहिलेसम्म मतदाताहरूबाट किन फारम प्राप्त नगरिएको भनी प्रश्न गर्दा तिनले भने, मेरो क्षेत्र ग्रामीण क्षेत्र हो। ग्रामीण क्षेत्रका धेरै मानिसहरू फारम भर्न जान्दैनन्‌‍, मानिसहरू काममा व्यस्त हुन्छन्‌‍, कतिपय लापर्वाह पनि हुन्छन्‌‍। यस्ता विभिन्न कारण हुन सक्छ, अहिलेसम्म मैले सबैको फारम प्राप्त गर्न सकेको छुइन। तिनले भने, एसआईआरको फारम भर्ने प्रक्रियामा हामीले धेरै प्रेसर अनुभव गरेका छौँ। माथिबाट छिटो सक्नु भन्छन्‌‍, मतदाताहरूले फारम बुझाउन ढिलो गर्छन्‌‍। तिनले मतदाताहरूबाट प्राप्त फारम अनलाईन अपलोड गर्ने कार्य गरिरहेको बताउदै 9 सय 10 जनाको फारम मोबाईल फोनमा अनलाईन अपलोड गर्नु धेरै कठीन कार्य रहेको पनि बताए। तिनले आफ्नोमा वाइफाईको सुविधा पनि नरहेको बताए।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ